बाथ तथा थाइरोइड रोग उपचारको लागि गोसाइकुण्ड नेपालकै अग्रणी संस्था हो ।

नयन दुलाल
व्यवस्थापक
गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र प्रा.लि, गोंगबु चौक

१) गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र कस्तो खालको संस्था हो ?

यो चाँही विशेषगरी बाथ, सुगर, थाइरोइड तथा प्रसुतीजन्य समस्याको विशेष उपचारको लागि खोलिएको संस्था हो । त्यसको आलवा यस केन्द्रमा मुटु जाँच, एक्स्रे, भिडियो ऐक्स्रे, फिजियोथेरापी लगायत अन्य सेवाहरु पनि हामीले एकै छातामुनी उपलब्ध गराएका छौ । खासगरी भन्दा बाथ तथा थाइरोइड, सुगरको लागि चाँही हामीकोमा विशेष उपचारको प्रबन्ध रहेको छ । त्यसको लागि आवश्यक विशेषज्ञ डाक्टरहरु देखि यन्त्र उपकरणहरुसम्म प्रर्याप्त मात्रामा रहेका छन् । गोसाइकुण्डमा नेपालकै वरिष्ठ बाथ रोग विशेषज्ञ डा दिपा शाह, वरिष्ठ थाइरोइड तथा मधुमेह रोग विशेषज्ञ डा दिपेन्द्र कार्की, डा अभिषेक शाह जस्ता लब्धप्रतिष्ठित विशेषज्ञहरु कार्यरत छन ।

२) गोसाइकुण्डमा उपचार गर्न आउने विमारीहरुले कस्तो सुविधा पाउँछन् त ?Gosaikunda-Add

हामीले सबै बर्ग, समुदायलाई लक्षित गरी यस गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र खोलेका हौं । हामीले विरामीका लागि सौलियत दरमा अत्याधुनिक सेवा सुविधाहरु दिएका छौ । जस्तो की सम्पुर्ण खाले विरामीका लागि एकै छाना मुनी उपचारको लागि व्यवस्था मिलाएका छौ । नियमित आउने विरामी तथा गरिव विरामीहरुका लागि छुट दिने व्यवस्था गरेका छौ । विरामीहरुलाई लक्षित गरी विहान ७ देखि बेलुकी ८ बजेसम्म यस संस्थाले विमारीहरुको सेवा गर्दै आएको छ । दिर्घकालमा यस सस्थाले प्यारालाइसिस विरामीलाई यसै संस्थामा भर्ना गरी सेवा सुविधा दिने सोच बनाएका छौ । gosai

३) संस्थाको आगामी योजनाहरु के के रहेका छन ?

यस स्ांस्थाको दिर्घकालिन सोच नेपालकै बाथ तथा थाइरोइड केन्द्र बनाउने रहेको छ । त्यसको लागि अहिले भएको सुविधालाई बढाउँदै लैजाने सोच रहेको छ । आफनै सुविधा सम्पन्न भवन निर्माण गर्ने जसले गर्दा टाढा टाढाबाट आएका विरामीलाई बस्ने व्यवस्था होस् ।

४) अन्त्यमा पाठकहरुलाई के भन्नुहुन्छ ?

पहिलो त तपाइको यस लोकप्रिय अनलाई विजनेसपाटीलाई आफनो सस्थाको बारेमा केही धारणा राख्ने मौका दिनु भएकोमा धेरै धन्यबाद व्यक्त गर्दछु । धेरै ठाउँमा धाएर कच्चा खालको उपचार भन्दा हाम्रो जस्तो स्पेशलाइज गरी बाथ तथा थाइरोइडकै लागि भनेर खोलिएको, देशकै अग्रणी विशेषज्ञ डाक्टरहरु रहेको संस्थामा आइ उपचार गरी स्वस्थ रहन स्वागत गर्दछु । हामी ती रोगको सघन उपचार र विरामीहरुको सेवाको निम्ती सदैव तयार छौ ।र, रहनेछौ ।
प्रस्तुती सगिता सुवेदी

फेसबुकबाट तपाईको प्रतिक्रिया