बाथ, थाइरोइड तथा मधुमेह रोगीका लागि खुशीको खबर, शनिवार गोसाइकुण्डको निशुल्क शिविर हुने

विजनेसपाटी ६ माघ
बाथरोग, थाइरोइड तथा मधुमेहको लागि अग्रणी रुपमा सेवा दिँदै आएको गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रद्धारा सञ्चालित बाथरोग, मधुमेह तथा थाइरोइड सेन्टरले यही माघ ८ गते शनिवार र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सो शिविर गोसाइकुण्ड स्वास्थ्य सेवा केन्दको आफनै भवन गोगंबुमा सञ्चालन हुने संस्थाका व्यवस्थापक नयन दुलालले बिजनेसपाटीलाई बताए । एक दिन मात्र सञ्चालन हुने सो शिविरका आर्कषणहरुमा विशेषज्ञ डाक्टरहरुद्धारा निशुल्क जाँच तथा परामर्श, निशुल्क ल्याब जाँच, टीएफटीमा ५० प्रतिशत छुट र निशुल्क डिस्कान्ट कार्ड वितरण गरिने गोसाइकुण्डद्धारा व्यवस्थापक नयन दुलालले बताए । निशुल्क सेवा लिन सेवाग्राहीहरुले अग्रिम नाम बुकिङ गर्न सक्ने दुलालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया