बाबुरामले राजधानीमा एक लाख मान्छे उतार्ने

काठमाडौँ ८  जेठ  ।

नयाँ शक्ति नेपालले ३० जेठमा पार्टी घोषणा गर्ने भएको छ । ३० जेठबाट तीन दिनसम्म राष्ट्रिय भेला आयोजना गरेर पार्टी घोषणा गरिने नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बताएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ।  पार्टी स्थापना दिवसका विषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ३० जेठबाट तीन दिनसम्म चल्ने राष्ट्रिय भेलाले पार्टी घोषणा गर्ने बताए । राष्ट्रिय भेलामा करिब एक लाख मान्छे काठमाडौंमा उतार्ने उनले दावी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया