बाबुराम भट्टराईको सुरक्षार्थमा खटिएको प्रहरीलाई पनि छाडेन ट्राफिक प्रहरीले !

काठमाडौं ५ भदौ

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन् । भट्टराईको सुरक्षामा खटिएका बा१झ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको हो । जावलाखेल चोकमा जेब क्रसिङमा सवाी तेस्र्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको हो । ट्राफिक प्रहरीले भिआईपीको सुरक्षा तथा पछुवामा खटिएकामा चालकलाई कारबाहीको दायरामा ल्याएको यो घतटना पहिलो हो । आजको कारोबार दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया