बाम शक्तिको एकता घोषणासँगै दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं १८ अशोज ।
शेयर बजार आज दोश्रो दिन बुधबार भने घटेको छ । बाम शक्तिको एकता घोषणासँगै बजार आज दोहोरो अंकले घटेर १५४२.६५ अंकमा झरेको छ। आज नेप्से १३.७० अंकले बजार घट्यो । आज २७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएकोमा होटल, उत्पादन र अन्य बाहेकका सूचकहरु ओरालो लागेका छन्। सबै भन्दा धेरै इन्स्योरेन्स समूहको ३५.२३ अंकले ओरालो लागेको छ। त्यस्तै बैंकिङ समूह १७.४७, व्यापार समूह ३.८८, विकास बैंक समूह २२.८, हाइड्रोपावर समूह २७.५७ र वित्त समूह २.९६ अंकले घटेको छ।

आज दिब्यश्वरी हाइड्रोपावरले सबैभन्दा धेरै ६.०४ प्रतिशत कमाएको छ भने नेरुड लघुवित्त विकास बैंकले ६.४८ प्रतिशत गुमाएको छ। आज सबैभन्दा ‍धेरै नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ।

सबैभन्दा धेरै कारोबार हुनेहरुमा चिलिमे हाइड्रोपावर, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ओरिएन्टल होटल, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, प्राइम कमर्सियल बैंक, लाइफ इन्स्योरेन्स कम्पनी, आरएमडिसी र नविल बैंक रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया