बाराको रिलायन्स सुगर मिलले ७३ दिनमै ग¥यो साढे १६ लाख क्विन्टल उखु क्रसिङ्ग

राजु साह कानु
बारा २९ फाल्गुन
विगतका वर्षहरुमा निराश देखिएका बारा ब्रहमपुरीका ३५ वर्षीय राजेन्द्र चौधरी यस बर्ष निकै हर्षित भएका छन । चौंधरी शुक्रबार मध्ये राती १२ बजेर २० मिनेटमा बाराको रिलायन्स सुगर मिलमा पराल सहितको उखु लिएर पुगे पनि समयमै क्रसिङ्ग भएकोले उनी खुसी छन ।
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्वर २४ मा रहेको रिलायन्स सुगर मिल एण्ड केमिकल इण्ष्ट्रिज प्रालिले फाल्गुण २७ गते राती १२ बजे सम्म मात्र क्रसिङ्ग गर्ने पूर्व सुचना नै जारी गरेको थियो । तर अन्तिम चरणमा आएर कृषकहरु पराल सहित ल्याएको उखु पनि क्रसिङ्ग गर्ने उदेश्यले २ घण्टा थप गरी कारखाना चलाएको कारखाना प्रवन्धक राजेशकुमार पाण्डेले बताए ।“ यस बर्ष कारखानामा केही समस्या देखिएन,त्यसैले हामी बारा,पर्सामा रहेको प्राय सवै उखु क्रसिङ्ग गर्न भ्याएका छौ” प्रवन्धक पाण्डेले भने ।

BAYAL
पौष १२ गते देखी उखु क्रसिङ्ग शुरु गरेको कारखाना ७३ दिन चलेर शुक्रबर मध्यराती बन्द भएको छ । रिलायन्स सुगर मिलले यस बर्ष १६ लाख ६७ हजार ५ सय ७२ क्विन्टल उखु क्रसिङ्ग गरेको जनाएको छ । बितेको वर्ष १८ लाख ६० हजार भन्दा बढी उखु क्रसिङ्ग गरेको मिलले यस बर्ष किसानहरु उखु बिजको रुपमा राखेकोले १६ लाख ६७ हजार ५ सय ७२ क्विन्टलमै चित बुझाउनु परेको छ ।“उखु नगदेबाली हो, कम समयमै आर्थिक उन्नती गर्न थालेपछी किसानहरु विउको रुपमा खेतमै उखु राखेका छन” पाण्डेले बिजनेसपाटीलाई बताए ।
वि.स. २०५८ सालमा स्थापना भएको रिलायन्स सुगर मिलले यस क्षेत्रमा १८ ओटा सेवा केन्द्रबाट किसानहरुलाई निशुल्क परामर्श सेवा दिने गरेको छ । होली पर्वको मुखमा आएर बन्द भएको कारखानाले आफ्नो उखु कृषकहरुलाई समयमै भुक्तानी गरेको कारखानाका लेखा प्रमुख मनोज पोद्घवारले बताए । “हामीले ७५ प्रतिशत भन्दा बढी भुतmान गरिसकेका छौ, अवको एक महिना भित्र सवै किसानको भुक्तान पुरा हुनेछ” पोद्घवारले भने ।BAYAL2
रिलायन्स सुगर मिल एण्ड केमिकल इण्ष्ट्रिज प्रालिले समयमै उचित परामर्श, चलान लगायतका सेवा प्रदान गर्न थालेपछि बारा, पर्सा तथा छिमेकी जिल्ला रौतहटका कृषक उखु बाली तर्फ अकर्षित हुन थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया