बारामा कर्मचारी युनियनले मनोमानी पैसा असुल्ने खोजेकोे आरोप

लक्ष्मी पाण्डे,

बारा १८ श्रावण 
कर्मचारी युनियन बाराले जिल्लामा कार्यरत कर्मचारीहरुको समष्टीगत विवरण फारम भर्ने नाममा मनोमानी रुपले पैसा असुल्ने अभियान चलाएको आरोप कर्मचारीहरुले नै लगाएका छन् । शिक्षा कार्यालयलाई कुनै जानकारी नदिई समष्टीगत विवरण मागेको भन्दै बिभिन्न शिक्षक संघ संगठनहरुले बिरोध गरेका छन् । राहत शिक्षक संर्घष समितीका राष्ट्रिय सह अध्यक्ष बिनोद पासवान, नेपाल शिक्षक परिषदका अध्यक्ष नन्दकिशोर दुवे, लोकतान्त्रिक शिक्षक युनियिनका अध्यक्ष गोपाल ठाकुर, लगायतले पैसा असुल्ने काम तुरुन्त बन्द गर्न माग गरेका छन् । शिक्षा बिभाग, क्षेत्रिय शिक्षा निर्देशनालयबाट जिल्ला शिक्षा कार्यालयमा कर्मचारीहरुको बिवरण पठाउन निर्देशन गरे पनि शिक्षा कार्यालयले एउटा सुचना समेत प्रकाशित गर्न सकेका छैन् ।

बिद्यालय कर्मचारी युनियनका अध्यक्ष मदन मल्लिकले युनियनलाई बलियो पार्नुको साथै कार्यालयलाई व्यवस्थित बनाउनका लागि समितीको निर्णय अनुसार आफुले पैसा उठाउने गरेको स्वीकार गर्नु भयो । माबि बाट रु १५ सय , निमाबि बाट १ हजार र प्राबि बाट रु ८ सय लिने गरेको श्रोतले दावी गरेको छ । हाल माबि , निमाबि, र प्राबिमा गरी करिब ५ सयको हराहारीमा कर्मचारीहरु रहेका छन् । यस बिषयमा जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जिल्ला शिक्षा कार्यालयले कसैलाई पैसा असुल्न नभनेको बताउदै नियम बिपरित काम गर्ने जोकोहीलाई पनि कार्यवाही गरिने बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया