‘बालरोगको गुणस्तरीय उपचारमा राजधानी हस्पिटल सर्मपित छ’

डा प्रदिप गुप्ता,
बाल तथा नवजात शिशुरोग विशेषज्ञ–राजधानी हस्पिटल प्रालि

१) नेपालमा अहिले बालबालिकाहरुलाई के कस्ता रोगहरु बढी जसो लाग्ने गरेको छ ?

उमेर समुहमा वर्गिकरण गरेर भन्न चाहन्छु जस्तो नवजात शिशुहरु, ५ बर्ष मुनीका बालबालिकाहरु, ५ भन्दा बढीका बालबालिकाहरुमा फरक फरक रोगका किसिमहरु देखिने गर्छन् । खास गरेर नेपालको मृ¥युदर पनि हेर्नुहुन्छ भने एक बर्ष भन्दा कम उमेरका बच्चाहरु बढी जोखिममा देखिन्छन् । बढी ज्यान पनि जाने गर्छ । त्यसमध्ये पनि एक महिना भन्दा तलको बच्चाहरुमा बढी मृत्युदर हुनेगर्छ । एक महिना तलका बच्चाहरुमा देखिने भनेको उचित स्याहार नहुनु हो । उनीहरुलाई के खुवाउने, के नखुवाउने थाहा नहुँदा कुपोषण देखि लिएर अन्य समस्याहरु पनि पैदा हुन्छ । एक बर्ष भन्दा मुनीका बच्चाहरु भनेका रोगसँग लड्न सक्ने इम्युन क्षमता एकदम कमजोर भएको हुनाले उनीहरुमा पटक–पटक सिजनल रोगहरु जस्तो भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला जस्ता रोगहरु बढी देखिन्छ । एक बर्ष भन्दा माथीका बच्चाहरुमा ती रोगहरुका साथसाथ अरु रोगहरु पनि देखिन्छन् । जस्तो उनीहरुमा हेपटाइटिस, टाइफोइड जस्ता अनेकन रोगहरु देखिन सक्छ । त्यसैगरी तराइ क्षेत्रमा मलेरिया, कालाजार, डेगुं, रुघाखोकी, मौसमी ज्वरो, झाडापखाला जस्ता रोगहरु बढी देखिन्छन् । ती वाहेक बच्चाहरुमा भाइरलबाट सुरु भएर हुने निमोनिया, ठेउला आदि हुन्छ । साना बच्चाहरुको मृत्युदर बढी हुनुमा समय भन्दा चाँडो जन्मनु प्रमुख कारण देखिन्छ ।

२) तपाइको यस राजधानी हस्पिटलले चाँही बालरोग सम्बन्धमा के कस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ ?

यहाँ बालरोग सम्बन्धी सबै सेवाहरु उपलब्ध छन् । यहाँ नवजात बच्चा देखि लिएर १६ बर्ष मुनीसम्मका बच्चाहरु हामी हेर्ने गर्छौ । यहाँ बच्चाहरुका लागि विशेष इन्भेष्टिगेसन हुन्छ । ल्याबहरु देखि सबै उपकरण बालरोगमैत्री एवं अत्याधुनिक, गुणस्तरीय छन् । यहाँ भर्ना गर्नका लागि आइसियुदेखि जनरल वार्डदेखि क्याबिनको सुबिधाहरु पनि छ । खोपहरु लगाएर बच्नेसम्मको सुबिधाहरु पनि छन् । यसरी बालरोगको सम्पुर्ण उपचार राजधानी हस्पिटलमा छ ।

३) गर्मी बढेसँगै देशब्यापी रुपमा झाडापखाला तथा भाइरलका रोगको संक्रमण बढेको समाचार छन् । यो बेला बालबालिकाहरुको उचित स्याहारको निम्ती के सल्लाह दिनुहुन्छ ?

ठीक प्रश्न गर्नु भएको छ । नेपालमा जति रोगहरु देखिएको छ धेरैजसो मौसमबाट चल्ने, गर्मीयाममा बढ्ने वा बर्षामा बढने हुन्छ । त्यो मध्ये सबैभन्दा बढी रुघाखोकी, मौसमी झाडापखालाहरु लाग्ने, भाइरल रोगहरु देखिने हुन्छ । त्यस्तो किन हुन्छ भन्दा मौसमी भाइरसहरु सिजन तलमाथी भएर चलायमान हुन्छन् । त्यसपछी एक आपसबाट सर्दै जाने हो । त्यही भएर बच्नका लागि हामीले सावुन पानीले हात धोएका छैनौ र त्यहाँबाट सम्पर्कमा आयो भने हामीमा चाँडो सर्नसक्छ । खासगरी बालबालिकाहरुमा रोगसँग लड्ने क्षमता कमजोर हुने कारण उनीहरुलाई चाँडो समात्छ । बच्नका लागि पानीहरु उमालेर खाने, भर्खरै पनि एउटा पत्रिकामा आएको थियो की काठमाण्डौका ९० प्रतिशत मिनिरल वाटर किटानु रहीत छैनन् । धेरै जस्तो रोग जस्तो झाडापखालाको त मुख्य कारण पानी नै भयो । त्यसकारण पानीलाई राम्रोसँग उमालेर, फिल्टर गरेर खाने गरौं । जसलाई भाइरल ज्वरो लागेको छ उसलाई माक्स लगाएर बचाउनु प¥यो । हात चाँही पटक–पटक धोइराख्नु प¥यो । यसबाट अरुबाट बच्न र अरुलाई बचाउन पनि सकिन्छ । त्यसैगरी यो मौसममा धेरै भिडभाडमा नहिँडने, घरमा रेष्ट गर्ने आदि गर्नुपर्छ ।

४) पछिल्ला बर्षहरुमा बढीरहेको बालरोगको जोखिम कम गर्न के गर्न आवश्यक देख्नुहुन्छ ?

आफ्नो घर परिवार देखि नै सुरु गर्ने की शुद्ध पानी खाने, शुद्ध खाना खाने, बासी नखाने, बच्चाहरुको स्याहारहरु, बच्चाहरुलाई पोषणयुक्त खाना खुवाउनु प¥यो । पोषक तत्वयुक्त खानाहरुले बच्चालाई रोगसँग लडने क्षमताको विकास गराउँदछ । त्यसपछी घरमा को बिमारी छ माक्सहरु लगाएर, हात धोएर विमारीको हेरचाह गर्नुपर्छ । सरकारले खोपको सुबिधाहरु देशैभर पठाउन आवश्यक हुन्छ । अहिलेसम्म सरकारले एक बर्ष मुनीका सबैलाई फ्रिमा खोप दिइरहेको छ । एक बर्षका लागि मात्रै नभएर अन्यलाई पनि धेरै प्रकारका खोपको आवश्यक हुन्छ । त्यो पनि सरकारले फ्रिमा दिएको भए अझ् बच्चाहरु विविध रोगहरुबाट बचाउन सकिन्छ । अर्को इन्फुल्न्जाको खोपहरु आइरहेको छ । त्यो दिए पछि मौसमी रुघाखोकी लाग्नेबाट बचाउन सकिन्छ । स्वाइन फुलुका रोगहरुबाट बचाउन सकिन्छ । त्यसलाई पनि हाम्रो राष्ट्रिय नीतिमा राखेर सबै बालबालिकाहरुलाई बञ्चित हुन नपर्ने गराउँन सकिन्छ । पोलियो जस्तै अरु पनि दियो भने धेरै रोगहरुबाट हामीले उनीहरुलाई बचाउन सक्छौ । अर्को सरकारले स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउन सक्नुपर्यो  । खासगरी बच्चाको लागि विशेषज्ञ सेवा नै नेपालमा कम छ । त्यसको उपचारहरु पनि फरक छ । त्यो त एउटै मानिसले हेर्न त सक्दैन । त्यही भएर हरेक प्राथमिक हेल्थहरुमा विशेषज्ञ सेवा पु¥याउन सरकार लागि पर्नुपर्छ । त्यो गर्न सक्दा बच्चाहरुको रोग छिटो पत्ता लगाएर छिटै उपचार गराउन सकिन्थ्यो । अर्को रोग लाग्ने वित्तिकै छिट्टै स्वास्थ्य केन्द्र पु¥याउने व्यवस्था मिलाउन आवश्यक हुन्छ । किनकी बच्चाहरुमा रोग लागेपछि छिटो भन्दा छिटो बिग्रन्छ । ठुलो मान्छेको जस्तो रोग प्रतिरोधात्मक क्षमता उनीहरुमा हुदैन । त्यसकारण बच्चालाई रोग लाग्ने वित्तिकै छिटो भन्दा छिटो उचित उपचार हुनसक्ने स्वास्थ्य केन्द्रमा पुर्याउन आवश्यक हुन्छ ।

५) बालबालिकाहरुमा लाग्ने रोग न्युनिकरणका लागि अनिवार्य हुने खोपहरु चाँही के के हुन् ?

सबै बालबालिकाहरुका लागि खोपहरु छन् । उनीहरुलाई जन्मिएदेखि नै लगाउन सकिन्छ । जन्मिने देखि नै ‘बिसिजी’ भन्ने खोप हुन्छ त्यो लगाउन आवश्यक छ । त्यसबाट टिबि रोगबाट बचाउन सकिन्छ । त्यसपछी ४५ दिनमा हामी लगाउने गछौ ‘हेपाटाइटिस बि’ डिपीटिे, पँहेले रोग भन्छौ, त्यो भया े । झाडापखाला, पोलियोका लागि खोप दिन सकिन्छ । त्यसपछी यो मिसलेस भन्ने रोग हुन्छ, ९ महिनामा त्यो लगाउन सकिन्छ । जापानीज इन्सफलाइटिस्को दिन सकिन्छ । त्यो सरकारले निशुल्क प्रदान गरिरहेको छ । तर त्यो भन्दा बाहेक अझ धेरै छ । जस्तो काठमाण्डौ उपत्यकामा टाइफोइड जस्ता रोगहरु धेरै फैलिने गर्छ । त्यसको रोगथामको लागि पनि खोप छ । त्यो कत्ति मान्छेलाइ थाहा नहोला । जन्डिस लगायतको समस्याका लागि पनि भ्याक्सीनहरु हुन्छन् । त्यसको पनि लगउँदा एकदम राम्रो हुन्छ । अरु ठेउलाको पनि खोप हुन्छ । इन्फुल्न्जाको पनि आजकल धेरै खोपहरु छन् ।

६) अन्त्यमा, हाम्रो यस मिडिया मार्फत केही सन्देश छन् की ?

बालबालिकालाई रोग लाग्नु अघि नै रोग लाग्न नदिने होशियारी अपनाऔ ं। रोग लाग्नु भन्दा त्यसैबाट बचाउनु नै ठुलो कुरा हो । बच्चाको राम्रो स्याहार गरौं । केही समस्या भयो भने सम्बन्धित विशेषज्ञ डाक्टरकोमा लैजाऔं । त्यही भन्न चाहन्छु ।
प्रस्तुती : रिसव गौतम

प्रकाशित मिति २०७५-२-१९

फेसबुकबाट तपाईको प्रतिक्रिया