बालेन र हर्क सामपाङ्गहरुको उदयले दिएको संदेश

माधव थापा

गत महिना मुलुकमा गणतन्त्र स्थापना पछिको दोस्रो कार्यकालका लागि स्थानिय तहको निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण ढंगबाट सम्पन्न भयो । ६ महानगरपालिका, ११ उप महानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताहरु रहेकामा १ करोड १३ लाख मतदाताहरुले चुनाबमा आफ्नो मताधिकार प्रयोग गरे । अर्थात कुल मतदाताका हिसाबले ६४ प्रतिशत जनताले चुनाबमा मतदान गरे ।

यसपटकको स्थानिय निर्वाचनले अनेक किसिमका चेतनामूलक सन्देश दिएको छ । सबैभन्दा महत्वपूर्ण त स्थानिय निर्वाचनले लोकतान्त्रिक शासन व्यवस्थाको निरन्तरतालाई अभैm बलियो बनाएको छ । राजनीतिक पार्टी, तिनका नेतृत्वमा विचलन र विघटनवादी मानसिक रोगले लोकतान्त्रिक मूल्य मान्यताहरुमा भयानक आघात पुगेको देखिन्छ । परिणाम स्वरुप हिजोका यथास्थितिवादीहरुले टाउको उठाउन थालेका छन् । प्रतिगमन र पक्षगमनका स्वरहरु बढ्न थालेका छन् । राजनीति प्रति आम जनताको निगरानीको चेतना स्थीर चुलिंदै गएको देखिन्छ । तर नेतृत्वमा निजी स्वार्थ बढ्दै जाँदा सामाजिक रुपान्तरणसंगै राजनीतिक दृष्टिकोणमा संकुचितता देखा पर्दै गएको छ । त्यसको प्रकट युवापुस्तामा देखिन थालेको छ । युवा पुस्ताहरुमा भावनात्मक र राजनीतिक दलहरु प्रतिको आक्रोश र उत्तेजनाले हिजो देखिको परम्परागत मनोविज्ञान माथिको चोटिलो प्रहार भएको छ । राज्यका मुख्य शहरका पालिकाहरुमा परम्परागत राजनीतिक दलहरुको सेन्टीेमेन्ट जनताको अभिमतद्वारा तोडिएको छ । हिजाका राजनीति इतिहास र विरासतको अनैतिक व्यापार गरी ‘खसीको टाउको देखाएर गोरुको मासु’ बेच्न पल्केका साँवा व्याज असुलेर पनि हिजैको तमसुक देखाएर खान खोज्नेहरु, सधैं जनतालाई कमारो सम्झने सामन्ती संस्कारका मालिकहरुको स्वर्गको सिंहासनमा ठूलो भूकम्प गएको छ । काठमाडौं, धरान, जनकपुर र धनगढी जस्ता शहरहरुमा परकम्पनको असर परेको छ । नेताहरु जनतामा भूmट, राज्यमा लुट र पार्टी संगठनमा गुट र फुटको जगमा भासिन पुगेका छन् । कम्युनिष्ट पार्टीहरुप्रति जनताको अपार माया नेतृत्वहरुका कारण क्रमश गुम्दै गएको छ । कम्युनिष्ट पार्टीहरु पलायनवाद र पतनवादको दिशा तिर अग्रसर भएको देखिन्छ । कम्युनिष्ट पार्टी प्रतिको आस्था र विश्वासमा शंका उब्जेको छ । कम्युनिष्टहरु आत्मसुरक्षावाद, सारसंग्रहवाद, जुझारु अर्थवाद र आत्मसमर्पणवादको हतियारको प्रहारले विसर्जनवाद र विघटनवादको दिशातिर लाँदैछ कि भन्ने प्रश्नहरु तेर्सिन थालेको छ । स्टालिनले भने भैंm कम्युनिष्टहरु विशेष धातुले बनेका मानिस हुन्छन् । तर नेपालका कम्युनिष्टहरु कुन धातुबाट बनेका हुन आजसम्म विश्वले बुभ्mन सकेको छैन । कम्युनिष्टहरु जतिसुकै दुःख, कष्ट, अभाव, हैरानी र पीडा सहेर पनि शहिदको सपना र जनताका आकांक्षा पुरा गरेरै छाड्छन् तर नेपाली कम्युनिष्टहरुमा त्यस्तो देखिंदैन । घमण्डी र अहँकारीले तीतो सत्यलाई स्वीकार गर्दैन । फेरि पनि तर्क र वहानाहरु खोज्दै जित्न खोज्दछन् । यस स्थानिय निर्वाचनबाट अहँकार र घमण्डका धेरै धरहराहरु पल्टिएका छन् । पार्टीलाई आफ्नो बाउको विर्ता कार्यकर्तालाई, कमारो र आम जनतालाई रैती सम्झने नेता र पार्टीहरुको लागि यो स्थानिय निर्वाचन दरिलो झापड भएको छ । देशैभरिको गैरदलिय उम्मेदवारहरुको विजयले स्थानिय र केन्द्रिय नेतृत्व तहमा नयाँ तरङ्ग जन्माई दिएको छ । यि र यस्ता अनपेक्षित परिणामले पार्टीहरु स्वयम् स्खलित हुँदै गएको आभास हुने गर्दछ । यसको असर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सन्निकट आउँदै गरेको संघिय र प्रादेशिक निर्वाचनमा प्रभाव पर्ने निश्चित छ । यस्तो परिणाम व्यहोर्नु पर्नुको मुख्य कारण पार्टी र तीनका नेतृत्व नै प्रमुख जिम्मेवार छन् । राजनीति व्यवसायमा बदलिएपछि त्यसले चरम महत्वकांक्षीको रुप धारण गर्ने गर्दछ । त्यस पश्चात् राजनीतिले उचित व्यवस्थापनका दक्षताहरु गुमाउँदै जाने गर्दछ । यौवन, सत्ता र सम्पत्ति अत्यन्तै चञ्चल हुने गर्दछन् । त्यो कसैको नियन्त्रणमा हुँदैन । यसलाई पु¥याएर संयमतापूर्वक खर्च गर्न सके गन्तव्यमा पुग्न सकिन्छ । अन्यथा यो विस्तारै गुम्दै जान्छ र अन्तत् सम्पूर्ण रुपमा कँगाल हुनपुग्दछ । अधैर्यवादले शिघ्र पतनको बाटो रोज्ने गर्दछ । नेपालको राजनीतिक रङ्गमञ्चमा यस्ता दृश्यहरु प्रशस्त देख्न र भोग्न पाइन्छ । राजनीतिक नेतृत्व पङ्तीमा देखिएको विचलनवादका कारण सबै पार्टीका युवाहरुको साझा चूनौतिहरु थपिएका छन् । पार्टीहरु भित्रको अलोकतान्त्रिक संरचना भत्काएर लोकतान्त्रिक मूल्य र मान्यताको जगमा उभिएको जनताको रगत र पसिनाको तागतले प्राप्त गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी लोकतान्त्रिक व्यवस्थाका उपलब्धीहरुको रक्षा र विकासको अभिभारा पूरा गर्दै रुप रङ्ग र सारतत्वमा स्पष्ट देख्न सकिने नयाँ राजनीतिक संस्कार भएको सामाजिक, आर्थिक र सांस्कृतिक सहित राज्यको पुनः संरचना निर्माण गर्नसक्ने युवा पुस्ताहरु अबको राजनीतिकमा हस्तक्षेपकारी भूमिकामा आउन जरुरी देखिन्छ । यस निर्वाचनमा युवाहरु प्रति देखिएको जागृत भावना र मतदाताहरुले देखाएको पार्टीहरु प्रतिको उत्तेजना र आक्रोश जायज मान्न सकिन्छ । यो युवा भविष्यसंगै राष्ट्रको मुहार फेर्ने महत्वपूर्ण अवसर र नेतृत्व पङतीमा देखिएको विचलनवाद प्रति लक्षित घन प्रहार हो । राष्ट्रको आवश्यकता र अनिवार्यताको प्रकट नै युवा जागरण हो । यसलाई महत्वपूर्ण मौलिक नयाँ जागरणको अवसरको रुपमा ग्रहण गर्न सक्नुपर्दछ । केहि राजनीतिक पार्टीका नेता र कथित बुद्धिजीविको पगरी गुथेर काठमाडौंका विजेता युवा मेयर बालेन्द्र साह (वालेन) लाई नानीमैंया दाहालको जीतसंग जोडेर कथा–कथित टिका टिप्पणी गरेका देखिन्छन् । तर काठमाडौंका जनताको चेतना र परिवर्तनको साहसिक कदमलाई अवमूल्याङ्कन गर्नु पाखण्डता मात्र हो । बरु लोकतन्त्रको सुन्दर बगैंचामा फक्रिएको फुलहरुको हेरचाह गर्ने माली बन्न सक्नुपर्दछ । माली बिनाको बगैंचा, औजार विनाको किसान, रङ्ग बिनाको चित्रकार, पाईलट विनाको विमान र बेहुला बिनाको जन्तिबाट केही अपेक्षा नराख्दा बुद्धिमानी हुनेछ । सबैले आ–आप्mनो कर्तव्य इमान्दारीतासाथ पूरा गर्ने हो भने अधिकारको लागि कोही कसैले पनि कोही कसैको ढोकामा ढक्ढक्याउनु पर्नेछैन । जनताका मौलिक अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारी, गाँस बास र कपासको निम्ति फेरिपनि भुइँमानिसहरु सडकमा आन्दोलित हुनु पर्नेछैन । काठमाडौं विशेषतः परम्परागत नेवारबाहुल समुदाय भित्र पर्दछ । काठमाडौं त्यहि समुदायबाट उत्पीडन भएको छ । समस्या कि समुदाय भन्ने बीच मतहरु विभाजित भएका छन् । त्यसको पछिल्लो उदाहरण हो । काठमाडौंको स्थानिय निर्वाचन समस्या नै समस्याले थला परेको काठमाडौं समुदाय तोड्न वाध्य भएको छ । वालेनको जीतले राजनीतिक वृत्तमा नयाँ वहसको थालनी शुरु भएको छ । मतदाता र जनतामा उल्लास छाएको छ । युवा पङतीमा राजनीति प्रतिको विकर्षण थोरै भएपनि आकर्षण तर्पm बढेको देख्न सकिन्छ । जनताले वर्षौंदेखि झेलिएको दासत्वको जन्जिर तोडेर नेताहरुको गालामा रन्किने गरी थप्पड लगाई दिएको छ । यसले पार्टी र नेताहरुलाई पूर्व चेतावनी सहितको प्रतिनिधिमूलक सन्देश दिएको छ । काठमाडौं देहकै राजधानी पनि भएको कारणले नेपालको हरेक राजनीति परिवर्तनको निर्णायक मोर्चा पनि मानिन्छ । काठमाडौं उपत्यका नजागेसम्म शासकहरुको सिंहासन हल्लिदैन । विडम्बना हरेक परिवर्तन पश्चात एक पछि अर्को विधाता मानिएकाहरु नै सबै भन्दा पहिल्यै सम्भ्रान्तिकरण त्यहि सत्ताको सिंहासनमा पुग्ने बित्तिकै हुने गर्दछन् । फेरि पनि जनता र राष्ट्रलाई सर्वोपरि मानेर सुध्रिने पार्टी र नेतृत्वले पात्र र प्रवृत्तिमा आफु र आप्mना नेतृत्व र कार्यकर्ताहरु आत्मसमिक्षा गरेर सच्चिएर अगाडि बढ्ने सचेत प्रयास गरेनन् भने अहँकार र घमण्डको मुकुट फाल्न सकेनन् भने बालेन साह, हर्कराज सामपाङ्ग, मनोज साह र गोपाल हमालहरुले काठमाडौं, धरान, जनकपुर र धनगढीका जनताको साथ सहयोगको बलबाट उठेर चेतनाले सल्केको भूसको आगो देशैभरि मुस्लो र लावा भएर पैmलिने छ । नेपालको राजनीतिक इतिहासमा खास खास कालखण्डमा राजनीतिक परिवर्तनको नेतृत्व गर्ने पार्टीहरु नेपाली कांग्रेस, ने. क. पा. एमाले र ने. क. पा. (माओवादी केन्द्र) जस्ता पार्टीहरुको अस्तित्व संकटमा पर्न सक्ने सम्भावना प्रबल हुँदै जानेछ । विशेष गरी नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट पार्टीहरुको परिवर्तनमा ठूलो योगदान देखिन्छ तर क. पुष्पलाल देखि क. पुष्पकमल प्रचण्डसम्म र २००६ सालमा ने. क. पा. स्थापना भयो तर २००८ सालदेखिनै विभाजनको बिऊ रोपियो । त्यसको निरन्तरता आजसम्म क्रान्तिकारी परिवर्तनशिल जनताले भोग्दै र व्यहोर्दै आउनु परेको छ । फेरि पनि म भन्दा माथि जनता र पार्टी भन्दा माथि राष्ट्रलाई सर्वोपरि मानेर अगाडि बढ्ने हिम्मत कम्युनिष्ट नेतृत्वहरुले गर्न सकेनन् भने हजारौं बालेन र हर्कराजहरुको इमान्दारीता र कुशलताको लौरोले सबै नेताहरु लखेटिने छन् । चेतना हवस् ।

प्रकासित मति २०७९–२–२३

फेसबुकबाट तपाईको प्रतिक्रिया