बिदेशी पिआर कि नेपाली नागरिकता ? को राष्ट्रबादी ! को स्वाभिमानी !
लक्ष्मण गौतम
देशका लागि केहि गरौ भन्ने मानिस नेपालमा टिक्नै सक्दैन, टिक्न नै दिदैनन । नेपालमा ऋषि धमला, दिल निशानी, खगेन्द्र संग्रौला जस्ता पत्रु पत्रकार अनि शेरबहादुर, ओली, प्रचण्ड जस्ता नेता टिक्न सक्छन । नेपालमा सत्य बोल्दा ज्यान मार्ने धम्की आउछ, राम्रो काम गर्न खोज्दा खुट्टा तान्छन भने चोर , फटाहा , डाकाहरुको चाहि हाली मुहाली छ । नेपाल बाट पढेलेखेका, डाक्टर , ईञ्जिनिएरहरु बिकसित मुलुक को पिआर लिएर हिड्ने क्रम बढ्दो छ भने सरकारलाई यस प्रति कुनै चासो छैन । यो हाम्रो दुर्भाग्यपूर्ण अवस्था हो । प्रेम बानिया अमेरिका पस्नु संग मेरो कुनै सरोकार छैन तर हिजो डिभी पिआर वालालाई नारायणीमा बगाउनु पर्छ भन्ने नेता भएका पार्टीका साथीहरु आज एकाएक डिभी परेर अमेरिका हिडेका प्रेम बानियाको बचाउ गरेको देख्दा दया लागेको मात्र हो ।
आफ्नो पत्रकारले डिभी लिएर हिड्दा पनि राष्ट्रबादी, आफ्नो नेताले खोलो बेच्दा पनि राष्ट्रबादी अनि अरु सबै राष्ट्रघाती देख्ने चिन्तन बाट कथित राष्ट्रबादी साथीहरु बाहिर आउँन जरुरी छ । बिकसित मुलुकमा जानु , पढ्नु , सिक्नु र पैसा कमाउनु चाहि नराम्रो होईन तर उमेर छदै आफ्नै देश फर्कनु पर्छ र आफुले देखेको, सिकेको र कमाएको कुरा देश मै खर्चिनु पर्छ भन्ने मेरो मान्यता हो । अबको ३० दिनमा म बेलायत त्यागेर नेपाल फर्किदै छु । नेपालको लागि म एउटा लक्ष्मण गौतम ठुलो कुरा होईन तर यदी म नेपालको वाताबरणमा भिजेर नेपालमै बस्न सके भने तेस्ले अवस्य पनि बिदेशमा बिदेशी नागरिकता लिएर बसेका लाखौ युवालाई नेपाल फर्किन उत्प्रेरित गर्ने छ तर यदी म नेपालमा टिक्न सकेन र फेरी विदेश नै हिड्न पर्यो भने मेरो कथा पढेका साथीहरु नेपाल फर्किने बारे १०० पटक सोच्न बाध्य हुने छन । पहाडको मान्छे तराई वा तराईको मान्छे पहाड गएर त बस्न सक्दैन भने २०औ बर्ष बेलायत, अमेरिका जस्ता बिकसित देशमा बसेको मान्छे नेपालमा गएर बस्न तेती सजिलो छैन । नेपालमा शुसासन, सुबिधा, वातावरण, स्वास्थ्य जस्ता कुराहरुले दैनिकी सकसपूर्ण बनाउछ ! नेपालमा १ पाईला हिड्दा १० पाईला पछाडी तान्न खोज्नेहरु को जमान छ , राम्रो गर्न खोज्दा बिरोध गर्नेहरु को ताती नै छ । सबै सक्षम युवा बिकसित मुलुक को पिआर लिएर हिड्ने हो भने देश कसले बनाउने ? ठुलो आट गरेर नेपाल फर्कने युवाहरु लाई नेपालमा टिक्न नदिने, अवसर नदिने हो भने फेरी भोली बिदेशी पिआर त्यागेर नेपाल को फर्कने ?
फेसबुकबाट तपाईको प्रतिक्रिया