बिमल घर्तिमगरको दर्दनाक फेसबुक स्टाटस ‘अब मैले देशको लागि लडेर के काम ?

काठमाडौँ जेठ १९|
चर्चित फुटबल स्ट्राइकर बिमल घर्तिमगरले आफ्नो बहिनिको हत्या नै भएको दावी गर्दै फेसबुक स्टाटसमा आफ्नो मनको पिडा पोखेका छन् | सानै उमेरमा अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो अनि देशको नाम उचाईमा पुर्याउन सफल राष्ट्रिय खेलाडी बिमल घर्ति मगर पछिल्लो समय निक्कै चर्चामा रहे । उनले नेपालीहरुलाई आफ्नो लोभलाग्दो खेल पर्दर्शन मार्फत खुशी दिए । तर, अहिले आफ्नै बहिनि मनीषाको दर्दनाक मृत्युले बिमल निराश भएका छन् । उनि आफ्नी बहिनिले आत्महत्या गर्न नसक्ने दावी गर्छन् ।
बहिनी मनिषाको मृत्युुले विक्षिप्त बनेका बिमल हत्यारालाई कारबाहीको माग गर्दैछन् । तर रिपोर्टले आत्महत्या भनेपनि उनि पत्याउने अवस्थामा छैनन् । १० वर्ष अघि सानैमा बाबा गुमाएका बिमलले बहिनी गुमाएपछि निक्कै विक्षिप्त बन्दै बहिनीको हत्यारालाई कारबाहि नभए अब आफूले देशका लागि केहि गर्न नसक्ने अभिव्यक्ति दिएका छन् ।

देशका लागि लड्ने आफ्ना पिता गुमाएपछि बिमल आफै देशका लागि खेलमा आए । उनले मैदानमा देशका लागि लडे | अनि देशलाई सफलता दिलाए तर उनलाई अहिले लाग्दैछ कि मैले देशको लागि लडेर देशले मलाई के दियो ? उनि अहिले आफूलाई एक्लो भएको महसुस गर्दैछन् र फेसबुकमा आफ्नो बेदना पोख्दै सबैसँग साथ मागेका छन् । उनले हत्यारालाई कारबाही होस् भनेका छन् । उनको फेसबुक स्टाटसमा ‘देशमा कसरी बस्ने’ भन्ने सम्मको अभिव्यक्ति दिंदै गर्दा उनि कतिसम्म विक्षिप्त भएका छन् भन्ने बुझ्न सकिन्छ ।

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :
http://sajhasabal.com/wp-content/uploads/2016/06/Bimal-status.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया