बिमा कम्पनीलाई लगानी व्यवस्थापन इकाई स्थापना गर्न प्राधिकरणको निर्देशन
काठमाडौं, चैत ६, २०८१ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ । प्राधिकरणले लगानी व्यवस्थापनका लागि अनुभवी उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी यो एकाइ स्थापना गर्न र सात दिनभित्र प्राधिकरणलाई जानकारी गराउन समेत सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।
यसैगरी, लघुबीमा व्यवसाय गर्ने लघुबीमा कम्पनीहरूलाई पनि लगानी व्यवस्थापनका लागि सोसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी तोकी सात दिनभित्र प्राधिकरणमा जानकारी दिन निर्देशित गरेको छ ।
साथै, यसअघि नै लगानी सम्बन्धी व्यवस्था कार्यान्वयन गरिसकेका बीमा कम्पनीहरूले व्यवस्थाको कार्यान्वयन गरिसकेको भए सो को समेत सातभित्र जानकारी दिन सबै बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया