बिमा दायराबाहिर ८९ प्रतिशत जनता

काठमाडौं -१५ श्रावण

नेपालका ८९ प्रतिशत मानिस अझै बिमाको दायरा बाहिरै रहेको पाइएको छ ।

आमजनतामा बिमासम्बन्धी जनचेतनाको कमी र बिमा व्यवसायीले दायरा फराकिलो बनाउन नसक्दा यस्तो स्थिति रहेको हो ।

बिमा समितिको एक तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ११ प्रतिशत मानिसले मात्र बिमा गरेका छन् । बाँकी ८९ प्रतिशत मानिस बिमाको दायरा बाहिरै छन् ।

यो तथ्यांक पनि कुल बिमा लेखमा आधारमा तयार गरिएको हुनाले एउटै व्यक्तिले धेरैवटा बिमा लेख जारी गरेको भए कुल बिमितको प्रतिशत अझै घट्ने समितिको भनाइ छ ।आजको राजधानी दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया