बिमा प्राधिकरणको अध्यक्षमा ओझा

काठमाडौं १३ फागुन। नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा ओझालाई नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँचजनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको हो ।
आवेदन दिएका १२ जनामध्ये ओझा, पुडासैनी, बस्यौला, कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं सर्टलिस्टमा परेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया