बिमा समितिद्वारा एकै पटक २२ बिमा कम्पनीलाई कारवाही र जरिवाना

काठमाडौं १२ असार २०७९।

बिमा समितिले समययमै लेखापरीक्षण नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । समितिले जीवन बिमा कम्पनी, निर्जीवन र पुनर्बीमा कम्पनीलाई कारवाही स्वरुप जरिवाना गरेकोहो । यसअघि पनि समितिले केही कम्पनीहरुलाई १० हजार रुपैयाँको जरिवाना गरेको थियो ।

हाल कम्पनीले १० वटा कम्पनीलाई थप १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको दरले जरिवाना गरेको समितिले जनाएको छ । बिमा ऐन, २०४९ र बिमा नियमावली, २०४९ बमोजिम बिमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बिमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बिमा समितिमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।

आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने प्रत्येक बिमा कम्पनीलाई १० हजार रुपैयाँका दरले र आर्थिक वर्ष २०७३/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानूनी कम्पनीहरू प्रत्येकलाई १० हजार ५ सय रुपैयाँ जरिवाना गरेको समितिले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीहरुमा नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एसियन लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सिटिजन लाइफ, महालक्ष्मी लाइफलगायत रहेका छन् । यी कम्पनीलाई १० हजार रुपैयाँको दरले जरिवाना गरिएको समितिले जनाएको छ ।

यसैगरी, वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएका राष्ट्रिय बिमा संस्थान, गुराँस लाइफ, रिलायबल, सानिमा लाइफ, ओरिएण्टल नेशनल र राष्ट्रिय बिमा कम्पनीलगायत छन् । विद्यमान कानूनी व्यवस्थाको पुनः दोस्रो पटक आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई उल्लंघन गरेकालेती कम्पनीहरुलाई दोस्रो पटक ५ सय रुपैयाँ थप गरी १० हजार ५ रुपैयाँले जरिवाना गरेको समितिले जनाएको छ। कारोबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया