बिराटचोकमा सिभिल बैंकको शाखा

बिजनेसपाटी २३ पौष ।
सिभिल बैंक लिमिटेडले मोरङको बिराटचोकमा आजबाट शाखा संचालनमा ल्याएको छ । बैंकको मर्जरबाट प्राप्त भएको शाखा सहित ईटहरीमा भएको दुई शाखा मध्येको एक शाखालाई स्थानान्तरण गरी बिराटचोकमा शाखा संचालनमा ल्याएको हो । सो शाखाको समुद्घाटन सिभिल बैंकका संचालक प्रा.डा. रमेश दाहालले गरे । शाखाको उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत र सो क्षेत्रका उद्योगी व्यवसायी लगायत सर्वसाधरणको पनि बाक्लो उपस्थिति थियो ।
सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
चालु आर्थिक वर्षको प्रथम चौमासमा रु ११ करोड ३३ लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६७९.१८% को बृद्धी हो) खुद नाफा कमाउन सफल भएको यस बैंकले शेयरधनीहरुलाई ४०% हकप्रद शेयरको निस्कासन गरिसकेको छ । हकप्रद शेयर वितरण पश्चात बैंकको पुँजीकोषमा रहेको रकम र गत आ.व.को नाफाबाट बैंकको चुक्ता पुँजी रु ८ अर्ब पु¥याउने योजना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया