बिहान पौने ६ मा यसरी भएको थियो बिस्फोट

काठमाडौं–७ असार

काबुलस्थित सावर इन्टरनेसनल नामक सेक्युरिटी कम्पनीमा कार्यरत नेपाली सुरक्षागार्ड ड्युटीका लागि क्यानेडियन दूतावास जाँदै थिए । स्थानीय मस्क पार्कनजिकै घुम्ती र कल्भर्ट रहेको क्षेत्रमा ढिलो गतिमा मिनिबस गुडिरहेको थियो ।

स्थानीय समयअनुसार सोमबार बिहान ५:४० बजे नेपाली सुरक्षागार्ड सवार मिनिबसभित्र प्रवेश गरेर तालिवानी विद्रोहीले बम प्रहार गरेका थिए । समाचार संस्था एपीका अनुसार सिटी प्रहरी प्रमुख जनरल अब्दुल रहिम रहिमीले आक्रमणकारी पैदलै गएर मिनिबसमाथि हमला गरेको बताएका छन् । तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले घटनाको जिम्मा लिएका छन् ।

हमलामा परेका सुरक्षागार्ड सावर इन्टरनेसनल नामक निजी सुरक्षा कम्पनीमा कार्यरत थिए । सावरको वेबसाइटमा उसले इराकलगायत द्वन्द्वग्रस्त अन्य मुलुकका विभिन्न दूतावासमा समेत सुरक्षागार्ड उपलब्ध गराउँदै आएको उल्लेख छ । सावरले पाकिस्तानस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको सूचनाका आधारमा परराष्ट्र मन्त्रालयले मृतक र घाइतेको विवरण सार्वजनिक गरेको हो । नेपालीहरू फरक–फरक मितिमा त्यहाँ गएको परराष्ट्रले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया