बिहिबार सार्बजनिक बिदा

काठमाडौँ २१ असार

सरकारले बिहिबार सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व इदको अवसर पारेर सरकारले पर्सि  बिहिबार  २३  गते सार्वजनिक विदा दिने भएको हो ।

नेपाल सरकारले विक्रम संवत् २०७३ सालका सार्वजनिक विदाहरुमा केही परिवर्तन गरेपनि इदको अवसरमा दिइने सार्वजनिक विदा कायमै राखेको हो । पर्सि सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा प्रतिष्ठानहरु बन्द हुनेछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया