बीमाङ्क रकम हस्तान्तरण

धनकुटा, १६ असौज

नेशनल लाइफ इन्स्योरेन्स कम्पनि लि धनकुटा शाखाले आज मृत्यु दावी रकम हस्तान्तरण गरेको छ ।
धनकुटा भिरगाउँका स्व धर्मप्रसाद अधिकारीकी श्रीमती दीपिका बराललाई नेशनल लाइफ इन्स्योरेन्सको ‘दम्पती अमृत बीमा’ गरेबापतको रु तीन लाख २५ हजार मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो । इन्स्योरेन्सका कर्मचारी अम्बिका चापागाईँका अनुसार दुई दम्पतीले तीन वर्ष अगाडि नेशनल लाइफ इन्स्योरेन्स कम्पनि लिको धनकुटा शाखाबाट ‘दम्पती अमृत जीवन बीमा’ योजना गराउनुभएको थियो । सामान्य बिरामी भई गत असार २४ गते मृत्यु भएका धर्मप्रसादकी श्रीमती दीपिकालाई बीमा कम्पनीले उक्त चेक हस्तान्तरण गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया