बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना परे सर्ट लिस्टमा

काठमाडौँ ५ फागुन २०८१ । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदको लागि आवेदन दिनेका मध्ये ५ जना संक्षिप्त सूचीमा समावेश भएका छन् । सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकार समक्ष नाम सिफारिस समितिको आइतवारको निर्णयअनुसार यो सूची प्रकाशन गरिएको हो ।
संक्षिप्त सूचीमा समावेश हुनेमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । उनीहरूलाई फागुन १० गते २ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि बोलाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया