बीमा सेवा सम्झौता

काठमाडौं १० चैत्र
सिद्घार्थ बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. बीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार सिद्घार्थ बैंक लि.ले देशभर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सावधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाडौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।
सम्झौतामा सिद्घार्थ बैंक लि.को तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गर्नुभएको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईद्धारा जारि विज्ञाप्तिमा जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया