बुटवल पावर कम्पनीको एफपिओको बिक्री खुल्यो, यी ठाउँबाट भर्न सकिने

बिजनेसपाटी १५ माघ

बुटवल पावरको ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर (एफपिओ) को बिक्री खुला भएको छ । कम्पनीले प्रिमियम सहित प्रति कित्ता ५०१ रुपैयाँमा सो सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम जोडेर एफपिओ जारि गरेको हो  । उक्त्त एफपिओमा छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन गर्न पाइने कम्पनीले जनाएको छ । निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । 

लगानीकर्ताले बुटवल पावर कम्पनी वुद्ध नगर, एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर र आस्वा सदस्य रहेका जुनसुकै  वित्तीय संस्थाबाट आवेदन गर्न सकिने जनाएको छ  ।

 एफपिओमा न्यूनतम ५ हजार दश रुपैयाँदेखि अधिकत्म एक करोड दुई लाख २० हजार चार सय रुपैयाँसम्मको आवेदन गर्न पाइनेछ ।

कम्पनीले निमार्ण सुरु गरेका आयोजनामा लगानी गर्ने बताउँदै आएको छ । एफपिओबाट संकलित रकम कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने घोषणा गरेको छ ।  विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा यी आयोजना सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बुटवल पावरले ७ करोड २२ लाख खूद नाफा आर्जन गरेको थियो । हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता सेयर ६३० रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया