बुल फाइटर बार्रिओको मैदानमै मृत्यु

काठमाडौँ २६ असार

एजेन्सी–स्पेनमा साँढे (बुल) को आक्रमणबाट एक जना बुल फाइटरको मृत्यु भएको छ।सन् १९८५ पछि बुल फाइटको क्रममा रिङ (मैदान) मै बुल फाइटर मारिएको यो पहिलो घटना हो। यसअघि सन् १९८५ मा जोसे कुबेरो नाम गरेका बुल फाइटरको मैदानमै साँढेको आक्रमणमा परि ज्यान गएको थियो।

स्पेनको टेरुएलमा भएको बुल फाइटको क्रममा २९ वर्षीय बुल फाइटर भिक्टोर बार्रिओलाई साँढेले मैदान भित्रै सिङले छातिमा हानेर ढलाएको थियो। साँढेले बार्रिओको दायाँ छातिमा सिङले हानेको हो ।स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रशारण भएको यो बुल फाइट हेरेका स्पेनका प्रधानमन्त्री कारिएनो राजोयले बार्रिओप्रति श्रद्धान्जली व्यक्त गरेका छन्।

यसअघि बुल फाइटको क्रममा २० औं शताब्दीमा ३३ जना बुल फाइटरसहित एक सय ३४ जनाको साँढेको आक्रमणमा ज्यान गएको थियो ।स्पेनमा बुल फाइट निकै लोकप्रिय छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया