बृद्धबालक पार्क !

–वैरागी जेठा
विवादित वर्ण्विन्यासहरू
सिसाघरमा दगुरिरहे थे
थुचुक्क बेञ्चमा बसेर
दूरसञ्चारको टावर हेरेर
मेरो मन
आगोझैँ बलिरह्यो
बृद्धबालक पार्क
सुनसान अति सुनसान
महेन्द्रको शालिकबाट
बगेका आँसुहरू
छेक्न वर्तमान धूलाहरू
सिरसिर गरिरहे थे
क्राइस्टका पर्दाहरू
फुलचोकीझैँ फरफराइरहे थे
मेरा देशका
बृद्ध र बालकहरू थिएनन्
फलामे कराइले डामे जस्तै गरि
मलाई डामिरह्यो
पार्क वरिपरि
सेकुवाका रागहरू बजिरहेका थिए
अलि पर
थुनिएका मेरा कैदी साथीहरू

भोकले छट्पटिरहे थेbairaagi

कठै
उनीहरू उन्मुक्त हाँसो हाँस्न चाहन्छन्
हृदय पगालेर
जड.गबहादुरका किरणहरू
चोरकमिलाझैँ चिरिक्क टोक्छन्
बेञ्चमा बसिरहँदा
सबै पर्खाल भत्काएर
बाहिर निस्क भने
उनीहरूलाई
पूँजीपतिका मोटरका आवाज रोक्न
सुनिरहे स्वरहरू

कठै
पेटमा दाम्रा लागेर
खाने सामान कुरिरहेका
प्यारा जीवहरू
उनीहरूका काव्यहरू नै
मान्छेका भन्दा अब्बल थिए
ट्रेन्च खनेर
जाउला खेलको गौँडाहरू
थुन्न निकै आतुर छन्
कविताको युद्ध
जीवनको युद्ध
भोकको युद्ध
अधिकारका युद्धहरू
लड्न उनिहरू
तयारी गरिरहेझैँ लागिरहने
बृद्धबालक पार्क ।

फेसबुकबाट तपाईको प्रतिक्रिया