‘बृहत घर कर्जा लिन अति नै सजिलो छ’–एनआईसी बैंकका नारायणी क्षेत्रीय प्रमुखसँगको अन्तर्वार्ता
एनआईसी एसिया बैंकले आफ्ना ग्राहकवर्गको लागि पछिल्लो समय “बृहत घरकर्जा योजना” ल्याएको छ । कर्जा लिएर काम गर्ने सोच राखेका ग्राहकवर्ग बैंकहरुको झनझटिल्लो प्रक्रियाका कारण कर्जा लिएर कार्य गर्न अफठ्यारो मान्ने गरेका छन । कर्जा लिने प्रक्रिया सहित विविध पक्षहरुमा आधारित रहेर एनआईसी एसिया बैंकका नारायणी क्षेत्रीय प्रमुख प्रकाशचन्द्र अधिकारीसँग बिजनेसपाटी डटकमका लागि हाम्रा सहकर्मी राजु साह कानुले गरेको कुराकानीको सारांशः
१) एन आई सी एसिया बैंकले प्रस्तुत गरेको बृहत घर कर्जा योजना कस्ता किसिमको कर्जा योजना हो ?
बहुसंख्यक नेपाली नागरीकको आपm््नो एउटा ‘घर सपना’ साकार पार्नका साथै विभिन्न व्यक्तिगत आवश्यकता परिपूर्तिका लागि आवश्यक पर्ने पूँजी उपलब्ध गराउने उदेश्य सहित यो बृहत घरकर्जा योजना ल्याइएकोे हो ।
नेपालीहरुको महान चाडपर्वलाई ध्यानमा राखेर ल्याएइको यस बृहत घर कर्जा योजनामा ग्राहकले व्याज बाहेक अन्य कुनै शुल्क नतिरी कर्जाँ सुविधा उपभोग गर्नसक्नेछन् । अत्यन्त सरल ढंगले छिटो छरितो रुपमा देशभरका यस बैंकका सम्पूर्ण शाखाबाट यो कर्जा लिन सकिन्छ ।
२) यो कर्जा सुविधामा के कस्ता विशेषता रहेका छन् ?
यो घर कर्जा ,३ कार्य दिनमै ग्राहकलाई दिन मिल्ने गरी ल्याइएका छ । यस योजना अन्तर्गत सेवा शुल्क, पहिलो वर्ष बिमा शुल्क, कर्जा सुचनाबाट लिईने शुल्क ,नापी कार्यालमा ब्लुप्रिन्ट तथा ट्ेस निकाले बापत लाग्ने शुल्क र इन्जिनिएर शुल्क समेत मिनाहा तथा अग्रिम भुक्तानी कुनै शुल्क नलाग्ने व्यवस्था गरीएको छ ।
३) यो सुविधा अन्तर्गत कति ब्याजदरमा कति रकमसम्मको कर्जा सुविधा प्रदान गरिन्छ ?
यो सुविधा अन्तर्गत १०.८प्रतिशत वार्षिक ब्याजदरमा व्यक्तिगत अधिबिकर्ष कर्जा९इखभचम्चबात० रु ७५ लाख सम्म तथा ग्राहकका आवश्यकता अनुसार व्यक्तिगत किस्ताबन्दि कर्जा ९त्भचm ीयबल० सेवा उपलब्ध छ ।अन्य कुनैपनि शुल्क नलाग्ने तथा २ वर्षसम्म व्याजदर घटबढ समेत नहुने कुरा जानकारी गराउन चाहन्छौं । साथै नेपाल राष्ट बैंकले तोकेको १ करोड ५० लाख रुपैयासम्मको आवाशीय घर कर्जाको लागि मात्र नभई यस बैकले अन्य घर कर्जामा दिदै आएको कर्जा रकम सरह ग्राहकको माग अनुसार जति पनि रकमको कर्जा रकम प्रदान गर्न सकिन्छ जसको लागि ग्राहकको घर तथा जग्गाको धितो सुरक्षण अनुसार कर्जा रकम प्रदान गरिन्छ ।
४) यो सुविधा कस्ता ग्राहकले प्राप्त गर्न सक्छन् ?
यो सुविधा व्यक्तिगत रुपमा सम्पूर्ण नेपाली ग्राहकले प्राप्त गर्न सक्छन् । नयाँ तथा अन्य कुनै बैंकमा कर्जा उपभोग गरिरहेका ग्राहकवर्गले समेत कर्जा रकम सार्नलाई ९क्ध्ब्ए० को सुविधा उपभोग गर्न सक्छन् । साथै सो सार्नुपर्ने रकम समेत आवश्यकता अनुसार बैंकले नै उपलब्ध गराईदिने व्यबस्था समेत गरिदिन्छ । साना देखि ठुलो आम्दानीको स्रोत भएका सम्पूर्ण ग्राहकले यो सुविधा उपभोग गर्न सक्छन् ।
५) यो सुविधा अन्तर्गत कस्ता कस्ता कागजपत्र बैंकलाई उपलब्ध गराउनुपर्छ ?
कागजातको हकमा सामान्य घर कर्जाको लागि आवश्यक पर्ने कागजातहरु नै यस योजना अन्तर्गतको कर्जाको लागि आवश्यक पर्दछन । जस्तै लालपुर्जा,चार किल्ला,तिरो तिरेको रसिद,घरको नक्सा पास,भवन निर्माण सम्पन्न पत्र,ऋणी तथा जमानीकर्ताको नागरीकताको फोटोकपि तथा फोटाग्राफ, आम्दानीको स्रोत पुष्टयाई गर्ने कागजातहरु ।
६) यो सुविधाको जानकारी कहाँबाट लिन सकिन्छ ?
यो सुविधाको जानकारी नारायणी क्ष्ोत्रभित्र रहेका सम्पूर्ण शाखा , देशभित्र छरीएर रहेका सम्पूर्ण शाखा तथा अनलाईन पनि यो सुविधाको बारेमा जानकारी लिन सकिन्छ ।
प्रकाशित मिति २०७४-७-२७
फेसबुकबाट तपाईको प्रतिक्रिया