बेइजिङमा विश्वकै बढी अर्बपती भएको दावी

baiging

ऐजेन्सी, बेइजिङ,१६ फागुन
चिनियाँ राजधानी बेइजिङले सर्वाधिक अर्बपती भएको शहरमा न्युर्योकलाई उछिनेको हुरुनले जनाएको छ । हुरुनका अनुसार हाल चीनमा अमेरिकामा भन्दा बढी अर्बपती छन । यसले ओरालो लागेको धितोपत्र बजार र मथ्थर बनेको अर्थतन्त्रका बावजुत चीनका धनीले कसरी सम्पती जोडिरहेका छन भन्ने विषय उज्जागर गरेको छ । तरपनि प्रयोग भएका विधिका आधारले भने हुरुन र फोब्र्सले सार्वजनिक गर्ने सम्पतीको विवरण फरक आउने गरेको छ । हुरुनका सस्थापक रुपर्ट हुगेवर्फले चिनियाँको सम्पतीमा वृद्धि हुनाका पछाडी व्यापक सम्पती सिर्जनालाई कारण मानेका छन । यसले नियामकहरुलाई कयौ बर्षसम्म रोकिएको नयाँ आइपिओपछी पुन नयाँ आइपियो ल्याउनका लागि अवसर प्रदान गरेको छ । उनले जनवरी १५ सम्मको धितोपत्र मुल्य प्रयोग गरेर सम्पतीको गणना गरेको बताएका छन । यसको अर्थ यसमा गएको आधा बर्षको अवधिमा चिनियाँ बजारमा आएको ४० प्रतिशतको गिरावटलाई पनि सम्पती गणनामा समावेश गरिएको छ । गएको ग्रीष्मकालिन अवधिमा धितोपत्र बजार उचाइमा पुगेको समयलाई आधार मानेर गणना गरिएको हो भने चिनियाँ अर्बपतीको सङख्यामा थप वृद्धि हुनसक्ने हुगेवर्फले बताएका छन । गत बर्ष ३२ नयाँ अर्बपती थपरे वेइजिङले विश्वकै बढी अर्बपती भएको बहरमा न्युर्योकलाई उछिनेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया