बेरोजगार भईन शर्लिन चोपडा

काठमाडौँ ४ अशोज

यतिबेला अभिनेत्री शर्लिन चोपडा चलचित्र विहीन अवस्थामा छिन् । उनको हातमा कुनै पनि काम छैन । यद्यपि उनले सामाजिक सञ्जालको आफ्नो सक्रियतालाई घट्न दिएकी छैनन् । हालै मात्र उनले एउटा फोटोसेसन गरिन् ।

तीमध्ये एउटा हँसिलो तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै शर्लिनले लेखिन्–मुस्कान एउटा कला हो, शैली हो । ब्रम्हान्डले यो बुझ्नु आवश्यक छ कि हामी मुस्कुराउनका लागि तयार छौं । चलचित्रमा मात्र होइन तस्बिरमा समेत प्राय: हट देखिने शर्लिनले यसपटक शालिन शैलीमा फोटोसेसन गराएकी हुन् ।

नयाँ चलचित्रको पर्खाइमा रहेकी शर्लिनले निर्माता–निर्देशकहरूको नजरमा पर्न शालिन शैली अपनाएको चर्चा पनि छ । -एजंसी

फेसबुकबाट तपाईको प्रतिक्रिया