बेलयत निवासी अनिता अक्सफोर्ड फेसन विकमा छानिइन

लन्डन ७ कार्तिक  ।

बेलयत स्विन्डन निवासी अनिता लिम्बू अक्सफोर्ड फेसन विक २०१६ को रनवे मोडलका लागि छनोट भएकी छन् । अक्सफोर्ड फेसन सोको दसौं सिजनका उक्त सो अक्सफोर्ड सिटी सेन्टरमा शुक्रबार हुने तयारी छ । उक्त सोमा ब्रिटेनका टप डिनाइनर हेलेन उलम्स र करेन काउन्टरका कलेक्सनहरु देखाइने लिम्बुले जनाकारी दिइन । सुखद संयोग मान्नपर्छ यही बेला अनिता इंग्ल्यान्डमा साउथ एसिया र इथ्निक माइनोरिटी ग्रुपलाई सम्मान गर्ने एउटा अवार्ड कार्यक्रम एमटिएम को कला र मनोरञ्जन विद्याका लागि पनि मनोतिन भएकी छन् ।

अनिताले आफूलाई अनलाइन भोट दिएर जिताइदिन अनुरोध पनि गरिन । उक्त अवार्ड कार्यक्रम डिसेम्बरमा ब्रिस्टोलमा हुनेछ ।

सन् २०१० मा युके आएकी अनिता स्विन्डनमा बस्छिन् । पेसाले ट्रेनी डेन्टल नर्स उनी पार्टटाइम मोडलिङ पनि गर्छिन ।सिम स्पिार्कलिङ व्यूटी युके २०१६ मा फस्ट रनरअप, सि ट्यालेन्ट र मिस च्यारिटी अवार्ड जितेकी उनले बर्मिङहमको लोक डिजाइनरहरुका लागि पनि रनवे मोडलिङ गरेकी थिइन् । अफ्रिकन गायकको एउटा म्युजिक भिडियामा समेत उनका अभिनय छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया