बेलायतले राष्ट्रिय न्यूनतम ज्यालामा ४ प्रतिशतले वृद्धि गर्ने

बेलायत (लन्डन) ९ मंसिर।

: बेलायत सरकारले राष्ट्रिय न्यूनतम ज्याला ४ प्रतिशतले वृद्धि गरी प्रतिघन्टा ७.५० पाउन्ड अथौत् ९.३० अमेरिकी डलर पु¥याउने तयारी गरेको छ । यो वृद्धि अप्रिलदेखि लागू हुनेछ ।

चान्सलर फिलिप हामोन्डले शरद् ऋतुको विज्ञप्तिको अंशस्वरूप यस विषयमा घोषणा गर्दै छन् । बेलायती जनताले युरोपेली संघ (ईयू) छोड्ने पक्षमा मतदान गरेपछि सरकारले अर्थतन्त्रका बारेमा आफ्नो धारणा राख्न लागेको यो पहिलो पटक हो ।

बेलायतका १८ लाख कामदारले न्यूनतम ज्याला वा सोभन्दा माथि नै आर्जन गरिरहेको इन्डिपेन्डेन्ट लो पे कमिसनले जानकारी दिएको छ । सरकारले न्यूनतमभन्दा कम पारिश्रमिक दिने रोजगारदातालाई कारबाही गर्न ४३ लाख पाउन्ड पनि खर्च गर्ने भएको छ ।

आधिकारिक तथ्यांकअनुसार बेलायतका १.३ प्रतिशत अर्थात झन्डै ३ लाख ६० हजार कामदारले न्यूनतमभन्दा कम पारिश्रमिक पाउँदै आएका छन् । केही घरेलु काममा योभन्दा कम भुक्तानी हुँदै आएको छ । अन्यलाई भने आफ्नै रोजगारदाताबाट ठगी हुँदै आएको छ । यसअघि अप्रिलमा पारिश्रमिक वृद्धि भएको थियो । उक्त समयमा बेलायत सरकारले पारिश्रमिक ६.७० पाउन्डबाट बढाएर ७.२० पु¥याएको थियो ।

सरकारले सन् २०२० देखि प्रतिघण्टा ९ पाउन्ड पु¥याउने लक्ष्य निर्धारण गरेको थियो । तर, अर्थतन्त्रमा राम्रो वृद्धि भएको समयमा मात्रै यो वृद्धि हुने भनिएको थियो । यसैबीच उद्योगी–व्यवसायीले भने उच्च न्यूनतम पारिश्रमिकबाट पर्ने प्रभावका बारेमा चेतावनी दिएका छन् । ब्रिटिस चेम्बर अफ कमर्सका व्यवसाय क्षेत्रका प्रमुख मार्कुस म्यासनले पारिश्रमिक वृद्धि गरेर ९ पाउन्ड पु¥याइँदा फर्महरू मूल्य बढाउन र कर्मचारी कटौती गर्न बाध्य हुने बताएका छन् ।

सरकारले हालको आर्थिक अवस्था, अनिश्चितताको तह र व्यवसायीले सामना गर्दै आएको बोझका बारेमा विचार गर्नु आवश्यक भएको उनको भनाइ छ । अमेरिकाको संघीय न्यूनतम ज्याला ७.२५ डलर छ । तर, ९ जिल्ला र डिस्ट्रिक अफ कोलम्बियामा भने पारिश्रमिक कम्तीमा पनि ९.२५ डलर भएको इकोनोमिक पोलिसी इन्स्टिच्युटले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया