बेलायती महारानीको सुरक्षामा नेपाली
लन्डन ६ जेठ
बेलायतको इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हालने महारानी हुन् एलिजावेथ द्धितीय । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी ।
बेलायती जनता र विश्वमाझ लोकप्रिय याी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा ।
द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका रुपमा क्याप्टेन गाणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् । आजको कान्तिपुरमा खबर छ ।
बकिङहम प्यालेस होस् वा विभिन्न सहरमा महारानी सवारी हुने समारोह, महारानीको ‘गार्डिङ’को मुख्य जिम्मेवारी हुन्छ ललित र गणेशलाई ।
ललितले भने:
-महारानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ ।
-समारोहमा महारानीसँग हिँड्दा हामीबाहेक अरुलाई हातहतियार बोक्न निषेध छ ।
उनीहरुले यो जिम्मेवारी पाएको ९ महिना भइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया