बेलारुसका मानिसहरु किन अर्धनग्न भएर काम गरिरहेका छन् ?
बेलारुसका राष्ट्रपति अलेक्शान्द्र लुकाशेले जब देशका नागरिकलाई ‘कपडा खोलेर पसिना आउने गरी’ काम गर्न भावुक अपील गरे । यसो भन्नुका पछाडि कारण पनि थियो ।
देश आर्थिक संकटबाट गुज्रिरहेको थियो । रुबलको मुल्य घटिरहेको थियो । बेरोजगारी बढिरहेको थियो । यस्तोमा मानिसहरुले मेहनत नगरे त के गर्ने ?
राष्ट्रपतिको अपीललाई केही मानिसले पछ्याए र वास्तवमै कपडा खोलेर काम गर्न थालेका छन् । मानिसहरुले कार्यस्थलबाट अर्धनंग तस्वीरहरु सामाजिक सञ्जालहरुमा पोष्ट गर्न थालेका छन् ।
उनीहरुले हृयासट्याट #getnakedandwork सँगै कार्यस्थलको आफ्नो तस्वीर पोष्ट गरेका हुन् । तर, कुरा तस्वीर पोष्टमा मात्र रोकिएन । कम कपडा लगाएका केही मानिसले राष्ट्रपतिको अपीललाई लिएर ब्यांग्य गीत पनि रेकर्ड गरेका छन् ।
हृयासट्यागले बेलारुसको सीमा पार गर्यो र रुस, युक्रेन र अन्य छिमेकी देशका मानिसहरुले पनि आफ्नो कार्यस्थलबाट अर्धनग्न तस्वीरहरु पोष्ट गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया