बेलुकाको खानामा अमिलो र तीतो बन्द गरौं
काठमाडौ १३ फागुन, २०८१ ।
बेलुकाको खानामा अमिलो र तीतो खानेकुरा उपयुक्त नहुने स्वास्थ्य विज्ञहरु बताउँछन् । आयुर्वेदले समेत यसलाई विरुद्ध भोजन भनेको छ । दहीमा न्युर्टेसनको भ्यालु र प्रोटिन धेरै हुने भएकाले दहीलाई विहानको खानामा समावेश गर्दा निकै प्रभावकारी हुन्छ । तर त्यही दही या मोही बेलुका खाए फ्याटी लिभर, कफ र माइग्रेन जस्ता समस्या हुन्छन् ।
विहानको समयमा अमृत समान मानिने दही मोही बेलुका खाँदा विष भइदिन्छ । विहानको १२ बजेभन्दा अगाडि मात्र दही उपयुक्त मानिएको छ भने २ बजेभित्र मोही उपयुक्त हुन्छ ।
स्वास्थ्यका हिसाबले तीतो खानेकुरालाई बेलुका उपयुक्त मानिँदैन । बेलुका करेला खाँदा पेटका रोगहरु निम्तिन सक्ने स्वास्थय विज्ञहरु बताउँछन्
फेसबुकबाट तपाईको प्रतिक्रिया