बैतडीमा बाढीले सात पसल बगायो, १५ जोखिममा

काठमाडौँ १ साउन,

बैतडी-बझाङ सदरमुकाम चैनपुरमा एक्कासि बाढी पस्दा सात पसल बगाएको छ।बजार नजिकै रहेको बाउली खोलामा आएको बाढीले सात वटा पसल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। उनले भने,’बाढीले स्थानीय रामचन्द्र सिंहसँगै अन्य छ जनाको पसल बगाएको छ।’

बगेका पसलमा किराना, तरकारी र फलफूल रहेको प्रहरीले बताएको छ। अझै १५ पसल बाढीको उच्च जोखिममा रहेका प्रहरी नायब उपरीक्षक चन्दले उल्लेख गरे।

तीस वटाभन्दा बढी गाविसलाई जोड्ने मुख्य झोलुङ्गे पुल बगाउँदा सदरमुकाम गाउँको सम्बन्ध टुटेको छ। बाढीले मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।

शुक्रबार बिहानदेखि परेको पानीका कारण बेलुकी आएको बाढी बजार क्षेत्रमा पसेको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया