ब्याज मिनाहा हुदैन, ऋणीलाई सजिलो बनाइदिने अनेक उपाय छन्–सिइओ गौतम
तुलसीराम गौतम
सिइओ, सेञ्चुरी कर्मशियल बैक लि
काठमाण्डौ १४ बैशाख, २०७७ ।
कोरोना भाइरसको कारण विश्वव्यापी रुपमा देशहरु लकडाउनमा रहेका छन् । नेपालमा पनि एक महिना भन्दा बढी अवधि देखि लकडाउन जारी छ । माहामारी विश्वव्यापी रुपमा झन् बढ्दै गएको अवस्थामा लकडाउन पनि तत्काल खुल्ने छाँटाकाँटा देखिएको छैन । विश्वभर अहिले २ लाख ३ हजार भन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मरिसकेका छन् । विश्वभर २९ लाख २३ हजार भन्दा बढी मानिस यस रोगबाट संक्रमित भएका छन् । नेपालमा यस रोगका रोगीको सख्या ५१ जना पुगिसकेको छ ।
भाइरस नियन्त्रणको लागि सरकारले गरेको लकडाउनलाई नेपालमा पनि आम मानिसले साथ दिएका छन् । तर लकडाउनले नेपालमा भाइरस नियन्त्रणमा प्रभावकारी भुमिका निभाए पनि अर्थतन्त्र भने खराब स्थीतिबाट गुज्रन थालेको छ । अर्थतन्त्रका कृषि, पर्यटन, हवाई, उद्योग, कलकारखाना, लघु उद्योग, आयात निर्यात ब्यापारदेखि रोजगारीका क्षेत्रमा समेत लकडाउने नराम्रो प्रभाव पार्न थालेको छ । रेमिटयान्स् अघिल्लो आर्थिक बर्ष भन्दा २ खर्बले घट्ने प्रक्षेपण आइसकेको छ । सरकारी राजस्व उठ्ने क्रम ८० प्रतिशतले घटिसकेको समाचार छन् । यस हिसावले कोरोना महामारी नियन्त्रण गर्न गरिएको लकडाउनका कारण अर्थतन्त्रका तमाम आयामहरुमा घनिभुत प्रभाव पारेको देखिन्छ ।
कोरोना महामारीको बैकहरुमा प्रभाव के छ त ? यसै बिषयमा सेञ्चुरी कर्मशियल बैकका सिइओ तुलसीराम गौतमसँग बिजनेसपाटी डटकमले सोधेको २ ओटा प्रश्न ।
१) कोरोना भाइरसको सम्भावित महामारी न्युनिकरण गर्न सरकारले ३५ दिन देखि देशभर लकडाउन गरिरहेको छ । लकडाउनले अर्थतन्त्रका सबैक्षेत्र विक्षिप्त बनेका छन् । धेरैजसो उद्यमी, ब्यापारी सहितका अन्य ऋणीहरुले कोरोना प्रभाव रहिन्जेल ब्याज छुट हुनुपर्ने भन्ने खालका आवाज उठाइरहेका छन् नी ?
सरकारले, नेपाल राष्ट्र बैकले केही राहत दिने भन्ने विषयमा होमवर्क गरिरहेको भन्ने कुरा आएको छ । कसरी अघाडी लैजाने उनीहरुले निर्धारण गर्लान् । तर ब्याज तिर्नै नपर्ने कसरी हुन्छ र ? हामीले पनि निक्षेपकर्ताहरुलाई ब्याज दिनैपर्छ, कर्मचारी पाल्नैपर्छ । अफिस चलाउनै पर्छ । अलिकति केही कन्सेसनका कुरा हुन सक्ला । लकडाउन लम्बिदै गए ऋण तिर्ने म्याद अशोजसम्म नै लैजान सकिएला । तर ब्याज मिनाहा वा छुट भन्ने कुरा त्यति सहज छैन ।
फेरी अहिले अप्ठेरो परिस्थीतिमा ऋणीहरुलाई सहज बनाउने अरु उपायहरु पनि छन् । मानौ १० बर्षमा तिर्न पर्ने ऋण छ भने त्यसलाई ११ बर्षमा तन्काउन सकिएला । अरु उपायहरु पनि छन् । तर ब्याज छुट वा मिनाहा बैकहरुले गर्न सक्दैनन् । बैकहरुले पनि मार्जिन मात्रै खाने हुन् । बरु अरु देशहरुमा सरकारले नै ऋणीहरुलाई सहयोग गरेका उदाहरण छन् । हेरौं, सरकारबाट के आउँछन ।
फेरी नेपालमा सरकारी ३ ओटा बैक बाहेक सबै प्राइभेट बैकहरु हुन् । बैकहरुले आफु मेरेर वा लथालिङ भएर अरुलाई बचाउने बारे सोच्न सक्दैन । यस परिस्थीतिलाई ट्याकल गर्न केही अप्ठेरो होला । तर सबै लथालिङ, भताभुङ हुदैन ।
२) लकडाउन यसैगरी अरु २–३ महिना लम्बिने अवस्था आए ८–९ ओटा ठुला बैक बाहेक अरु बैक डुब्न सक्छन् भनेर पनि कतिपय यस क्षेत्रका वीज्ञले भनेका छन नी ?
त्यस्तो केही हुदैन । प्रभाव सबै क्षेत्रमा परेको छ । बैकहरुमा पनि परेको छ । डुब्ने अवस्था आए यो वा त्यो होइन् सबै बैक डुब्न सक्छन् । तर २–४ महिना मै त्यस्तो अवस्था आउदै आउँदैन नी । भोली ८–९ महिनै लम्बियो, बर्ष दिनसम्म पनि बन्दाबन्दीको अवस्था रह्यो, महामारी नै भयो भने बेग्लै परिस्थीति आउला । तर ३–४ महिनाले बैकहरुको नाफामा प्रभाव पार्ला तर अरु असर पर्दैन ।
प्रस्तुती ः रिसव गौतम
फेसबुकबाट तपाईको प्रतिक्रिया