ब्रिटिस कलेजद्वारा नयाँ भर्ना भएका विद्यार्थीको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न

काठमाडौँ २७ माघ २०७७ ।।
थापाथलीस्थित‘द ब्रिटिस कलेजले नयाँ भर्ना भएका बिद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । जनावरी तथा फेब्रुअरी इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुलाई सहभागी गराईएर आइतबार कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सो कार्यक्रम भएको थियो । बीएस्सी हन्स, कम्प्युटिङ, बीबीए तथा बीएचएममा भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कोभिड– १९ को महामारीको कारण सन् २०२० मा कक्षाहरु भर्चुअल संचालन भएकोले विद्यार्थीहरु पहिलो पटक साक्षत्कार भएका हुन् । हाल नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गइरहेको अवस्थामा कलेजले ओरिन्टिेसन कार्यत्रमको आयोजना गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगले अनलाईन शिक्षा प्रदान गर्दै आइरहेको छ । सो समयमा कलेजले अनलाईनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई बिभिन्न सेसनहरु, वेभमिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको थियो ।

हालको अवस्थामा दैनिक रुपमा नयाँ संक्रमितको संख्या कम हुँदै गए पनि सरकारले तय गरेको मापदण्डलाई लागू गर्दै सुरक्षित तरिकाले ओरिन्टेसन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरु सबैले मास्क देखी स्यानिटाइजर सम्मका सबै प्रवीधीहरू प्रयोग भएका थिए ।त्यसैगरी कार्यक्रम स्थलमा पनि भौतिक दूरी कायम गरिएको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल तथा अन्य पदाधिकारिहरुसँगै पार्टनर युनिभर्सिटी लिड्स बेकेट तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्डका पदाधिकारिहरुको मन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । उनीहरुले कोभिड– १९ को अवस्था अझै सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा बिषेश ध्यानाकर्षकोलागी विद्यार्थीहरुलाई सचेत गराए । साथै, यो अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नमा कूनैपनी सम्झौता नहूने प्रतीबध्धता व्यक्त गरेका थिए ।

कार्यत्रममा प्रोग्राम लिडर तथा विद्यार्थीहरुले नै प्रेरणादायी कुरा तथा बिभिन्न सेसनहरुको आयोजना समेत भएको थियो । विद्यार्थीहरुले भने ब्रिटिस कलेजको विद्यार्थी भइसकेपछिको अनुभव तथा आगामी दिनमा हुने अपेक्षाको बारेमा बताएका थिए ।

औपचारिक कार्यक्रमको समापन कलेजका हेड अफ द स्कुल अफ विजनेश अरुण बज्राचार्य गरेका थिए । औपचारिक कार्यक्रमको अन्त्य भएपछि विद्यार्थी तथा सहभागीहरु लन्च तथा चियापान समारोहमा सहभागी भएका थिए । सो समारोहपछि विद्यार्थीहरुबीचको सौधारता र घूलमील बढाउने उदेस्यले बिभिन्न खेलहरु पनि खेलाइएको थियो ।

कलेजमा हाल विद्यार्थीहरुको भौतिक उपस्थिति तथा अनलाइनबाट कक्षा लिइरहेको छ । नयाँ विद्यार्थीहरुलाई पनि दुबै तरिकाबाट कक्षा लिइने भएको छ । भौतिक उपस्थितिमा कक्षा लिइए पनि कलेजको हातामा अनिवार्य मापदण्ड अपनाउनुपर्ने व्यवस्था मिलाइएको छ । हातामा प्रवेश गर्नुअघि अनिवार्य स्यानिटाइजेशन, तापक्रम मापन, मास्क तथा डेस्क बेन्च पनि उचित दूरी कायम गरिएको छ । कलेजका अनुसार अवस्था सामान्य नभइन्जेलसम्म यसरी नै कक्षाहरु संचालन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया