भक्तपुरमा समुदायमा आधारित सहकारीहरुले राम्रै गरिरहेका छन्


राजभाइ जयना
अध्यक्ष : विनायक सेवामुलक बहुउदेश्यिय सहकारी संस्था लि
तथा सहकारी अभियन्ता

तपाइको परिचय र पृष्ठभुमी सहित सहकारी क्षेत्रको विगतबारे पनि केही बताइदिनुहोस् न ?
म राजभाइ जयना । मेरो घर मध्येपुर ठिमि नगरपाललिका वडा नं ८ बोडे । म विनायक सेवामुलक बहुउदेश्यिय सहकारी संस्था लिमा अध्यक्षको रुपमा रहेको छु । यस सहकारी मध्येपुर ठिमि नगरपालिका वडा नं ४, शंखधर चोकमा रहेको छ ।
यस संस्थाको स्थापनाको कुरा गर्दा भक्तपुर नगरपालिका वडा नं ४ स्थीत कमलविनायकमा यो सहकारी सञ्चालन भएको हो । सुरुवातीमा यसलाई सञ्चालन गर्न केहि कठिनाइ भएपछि भक्तपुर जिल्लाभरी कार्यक्षेत्र भएको नाताले ४ वटै नगरपालिका कार्यक्षेत्र हुनेगरी ०५६ सालमा यसको स्थापना भएको हो । हामीले कमलविनायकबाट निरन्तर रुपमा यस संस्था सञ्चालन गर्न नसकेको कारणले चाँगुनारायण नपाका तात्कालिन मेयर सोम मिश्र लगायत संस्थापक सदस्यहरुले मलाई सुम्पेका हुन् । सोम सरले मलाई पुर्ण रुपमा जिम्मा दिएपछि मैले यस संस्थालाई हाँकेको छु । अहिले लगभग यस संस्थामा ७ सय जना सदस्य छन् । यो समुदायमा आधारित सहकारी हो । हामीले यस सहकारीलाई अलिकति पनि जनमानसमा विश्वासघात हुने काम गरेका छैनांै । सदस्यहरुको मन जितेका छौ । अहिले जनमासमा सहकारी भनेको खत्तम हो भन्ने खालको र पैसा फिर्ता दिन सक्दैन भन्ने हिसावले अफवाह फैलाइएका छन् ।
हाम्रो सहकारीमा सञ्चालक मित्रहरु ९ जना सहीत म छु । सहकारी क्षेत्रमै संकट आएपछि हामीबीच ब्यापक छलफल भएर लेखा समिति, ऋण उपसमिति लगायत र कर्मचारीहरुलाई समेत हामीले पहिले जसरी विना धितो लगानी गरेका छौ र धन जमानीमा लगानी गरेका थियौं । गत सालदेखि सहकारी क्षेत्र संकटमा आएपछि हामीले आफनो सहकारीलाई बचाउन तिर लागेका छौ ।
तपाइको सहकारीको निक्षेप र कर्जा प्रवाहको अवस्था कस्तो छ ?
हाम्रो शेयर पुँजी १ करोड १८ लाख रहेको छ । त्यसैगरी निक्षेप ४ करोड २३ लाख ११ हजार रहेको छ । ४ करोड ५० लाख ८२ हजार कर्जा प्रवाह गरेका छौ ।
गत आवमा संस्था नाफा वा घाटा कुन अवस्थामा छ ?
गत आर्थिक बर्षमा हामीले २ लाख ४० हजार नाफा गरेका छौं । हाम्रो जगेडा कोषमा ६ लाख ४८ हजार रहेको छ । शेयर लाभांस कोषमा ३ लाख २८ हजार रहेको छ । जोखिम बेर्होने जगेडा कोषमा ३५ लाख रहेको छ । हाम्रो खराब कर्जा कुल लगानीको ५ प्रतिशत पनि नाघेको छैन । हामीले जोखिम भएको कर्जा धेरै नभए पनि सहकारी क्षेत्रमा आएको सकंटका कारण जोखिम बेर्होने कोषमा ३५ लाख नाफाबाटै छुट्याएर राखेका हौ । त्यो नाफा भएको रकम हो । ४ करोड निक्षेप संकलन भएकोमा हामीले १ करोड ५२ लाख नगद तरलता राखेका छौ । सहकारी संस्थाको तरलताको नीति नियम अनुसार भन्दा पनि बढी नगद राखेका छौ । त्यसरी राखेका कारण निक्षेप फिर्ता माग्न आउदा तुरुन्त दिन पाइयोस् समस्या नहोस् भनेर हो । हाम्रा सञ्चालक मित्रहरुको साथ सहयोगका कारण यो संस्था जनतामा, समुदायमा विश्वास जित्न सफल छ । हामी मजबुत रुपमा अघि बढेका छौ ।
यो सहकारीले अहिले कतिलाई रोजगारी दिएको छ ?
अहिले हाम्रो यस सहकारी सानै भएकोले ५–६ जनालाई प्रत्यक्ष अर्थात फुल टाइम रोजगारी दिएको छ । विस्तारै हामीले प्रगती गर्दै गयौं भने थप रोजगारी सिर्जना गर्नेछौ । दैनिक हाम्रो १ लाख चानचुन अहिले कलेक्सन रहेको छ ।
तपाइ यस सहकारी सहित अरु केही सहकारीमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएर काम गरिरहनु भएको छ । यसरी काम गर्न के कुराले प्रेरित गरेको छ ?

उदेश्य भन्दा पनि म लामो समय बैंकमा काम गरेर रिटायर्ड भएको नाताले साथीहरुले मलाई जोडेका हुन् । तपाइ बस्नै पर्छ भन्ने हिसावले साथीहरु भन्न आएपछि नाइनास्ती नगरेको हुँ । त्यसको साथै सहकारीताको माध्यमबाट स्थानीय स्तरमा जनताको आर्थिक हैसियत बदल्न सहयोग पुग्छ भने किन नसघाउने भनेर लागेको हुँ । प्रायजसो सहकारीहरुमा मैले आर्थिक पाटोमा सल्लाह, सुझाव तथा आफना अनुभव शेयर गर्ने गरेको छु । सहकारीका कर्मचारीहरुलाई लेखा कसरी राख्ने ? ट्रायल ब्यालेन्स र वित्तिय विवरण कसरी बनाउने त्यो पाटोमा मैले सिकाउने गरेको छु । त्यसैगरी फर्निचर लगायत उपलब्ध सम्पुर्ण सामग्रीको कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा सिकाउने गरेको छु । त्यसैगरी कोषहरु कसरी ब्यवस्थापन गर्ने ? कर्जा बाँडफाँड, खराब कर्जा ब्यवस्थापन गर्ने सम्बन्धमा मैले सिकाउने गरेको छु । मैले संलग्नता जनाएका सहकारीहरुको स्थीति अहिलेको अवस्थामा पनि एकदम राम्रो छ । तपाइ गएर हेर्न सक्नुहुन्छ ।
अहिले ठुला भनिएका वित्तिय सहकारीहरु कतिपय डुबे । सहकारीका अध्यक्ष तथा संचालकहरुले बचतकर्ताको पैसा मनोमानी रुपमा अन्यत्र खर्च गरेर भागे । कतिपय जेल परेका पनि छन् । सहकारी क्षेत्रमा यस्तो समस्या किन आयो ?
अहिले कतिपय राजधानीका ठुला भनिएका सहकारीहरु समस्याग्रस्त भएका छन् । तीमध्ये अधिकाशं सहकारीहरुले आफना शिर्षकहरु अनुशार, प्रयोजन अनुसार कर्जा लगानी नगरीकन उनीहरु घरजग्गा तिर गए । त्योपनि आफनो नीजि सम्पती जसरी जथाभावी रुपमा रकमहरुको दुरुपयोग गरे । ब्यक्तिगत लाभ लिने, संस्था डुबाउने तिर लागे । ब्यक्तिगत मुनाफा, केही सञ्चालकहरुको मुनाफाका लागि उनीहरु काम गरेका कारण डुबेका हुन् । तर समुदायमा आधारित सहकारीहरुको त्यो अवस्था छैन । अध्यक्षको नाममा सम्पती, अधयक्षको परिवारको नाममा, आफन्तको नाममा जग्गा किन्ने र आफु चाँही फरार हुने गरेकाले ती सहकारी डुबे । तीनले समग्र सहकारी क्षेत्र बदनाम बनाएका छन् । तर केही ठगहरुले बदमासी गरेपनि समग्र सहकारीलाई एउटै डालोमा राख्न हुदैन । हरेक सहकारीले बंैकहरुले जस्तै जनताको निक्षेप सुरक्षित गरी राखिदिनु पर्छ । राष्ट्रिय बाणिज्य बैकहरुमा राखिदिनु पर्छ । हामीले त अति सुरक्षित तरिकाले सदस्यहरुको पैसा राखिदिएका छौ । हाम्रोमा कोभिडको बेलामा पनि कुनै समस्या आएन । बरु त्यो बेला घरघरै पैसा लगिदिएका थियौ । बोडे, थिमि, पुरानो थिमि लगायत हाम्रो कार्यक्षेत्र भएका सबै क्षेत्रमा हामीले कोभिडको बेलामा पनि घरमै सेवा पुर्यायौं । त्यसकारण केही सिमित ठगहरुको कारण समग्र सहकारी क्षेत्र बदनाम भएको छ । तर जनताले बुझन पर्छ सबै सहकारी त्यस्ता छैनन्, धेरैले राम्रो गरिरहेका छन् ।
सहकारीमा समस्या आएका र आउन नदिन के गर्न पर्ला ?
जतिपनि ट्रर्याक बाहिर गएर कर्जा लगानी गरेका छन् । हामीले कुनैपनि कर्जा लगानी गर्दा उसको आय स्रोत हेर्नुपर्छ । १० लाख लगानी गर्न उसले मासिक रुपमा कति कमाइरहेको छ त्यो हेर्नुपर्छ । जस्तै दश लाखको ब्याज ५ हजार भयो भने ५ हजार प्लस उसको छोराछोरी, घर परिवार के कस्तो अवस्थामा छ ? तीनीहरुको खर्च र घर खर्च, उसको जिवनस्तर खर्च राखेर उसले संस्थाको दश लाखको किस्ता तिर्न सक्छ कि सक्दैन ? त्यो हामीले मुल्यांकन गर्न सकिएन भने कर्जा डुब्न सक्छ । जथाभावी लगानी गर्नु हुदैन । अर्को सहकारी डुबाउन कर्मशियल बैंकका मुख्य सिइओ पनि लागेका छन् । एक जना धुर्त सिइओ छन् । तीनले गर्दा सहकारी संस्थाहरुको निक्षेपलाई निरुत्साहित गरिएका छन् । जनताको सबै पैसा बैंकहरुले नै कलेक्सन गरेर बैकमा जम्मा गर्न तिनी लागेका छन् । तीनले महालेखा, अर्थमन्त्रालय लगायत आर्थिक पाटोमा काम गर्ने निकायलाई ती सिइओले कन्भिन्स गरेर सहकारीलाई पेल्ने नीति बनाउन लागे । र, सहकारी विज्ञ भनाउँदाहरुले एक ब्यक्ति एक सहकारीको पछि लागेर यो अवस्था आएको हो । त्यो कुनैपनि हालतमा हुन सक्दैन ।

प्रकासित मिति २०८०/९ /६

प्रस्तुती मनिष खरेल

फेसबुकबाट तपाईको प्रतिक्रिया