भवन भत्किँदा कैयौँ पुरिएको आशङ्का

नाइरोबी ३० जेठ ।
केन्याको राजधानी नाइरोबीमा सोमबार राति एक सात तले भवन भत्किएर भएको दुर्घटनामा परी कैयौँ व्यक्ति पुरिएका उद्धार अधिकारीले जानकारी दिएका छन् ।
यस भवनमा बसोबास गरिरहेका कैयाँै व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ । तर पनि त्यहाँ व्यक्तिहरु हराइरहेका वा पुरिएर रहेका हुनसक्ने अनुमानका समाचार बाहिर आएका छन् ।
एकजना वरिष्ठ प्रहरी अधिकारीले जनाएअनुसार यस भवनमा १२१ व्यक्ति बासोबास गरिरहेका थिए । तर तीमध्ये कतिजनालाई उद्वार गरियो र कति पुरिएका छन् भन्ने बारेमा खोजी जारी रहेको छ ।
नाइरोबीको राष्ट्रिय प्रकोप व्वस्थापन इकाइका सञ्चार उपप्रमुख पिअस मसैले व्यक्तिहरु कैयौँको सङ्ख्यामा पुरिएको अनुमान गरिएकोले उद्धार प्रयास जारी रहेको राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भवन भत्किने दुर्घटना हाल केन्यामा एक समस्याको. रुपमा रहेको छ । कमजोर संरचनाका कारण भएको बताइएको छ ।
सन् २०१६ को अप्रिल महिनामा उत्तरपूर्वी नाइरोबीमा रहेको एक छ तले भवन भत्किँदा ४९ व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी
फेसबुकबाट तपाईको प्रतिक्रिया