भस्मासुर को थिए ? (धार्मिक कथा संक्षेप)

मनोज भटराई, अमेरिका

भस्मासुर पौराणिक कालमा जन्मिएको एक असुरको नाम हो । जसलाई राक्षस भनिथ्यो । उसले सिंगो जगतमा एक्लै राज गर्न चाहन्थ्यो।तर उ आफ्नै तागतले नसक्ने ठानेपछी भगवान शिवजिको कठोर तपस्या गर्यो। र, अन्ततः उसको वर्षौको कठोर तपस्याबाट महादेव प्रसन्न भइ स्वयं महादेव भस्मासुर राक्षसको अगाडि प्रकट हुनुभयो । र, महादेवले भन्नुभयो। “भस्मासुर म तेरो तपस्याबाट प्रसन्न भए, भन तलाई के चाहियो ? म दिन तयार छु।” त्यसपछि हतारिदै भस्मासुरले भन्यो। “मलाई अमरत्वको वरदान दिनुहोस्।” तर अमर हुने वरदान सृष्टि बिधानका विरुद्ध हुने भएका महादेवले यो वरदान दिन नमिल्ने र अरु कुनैपनि वरदान माग्न आग्रह गर्नुभयो। त्यसपछि भस्मासुरले अनौठो वरदान माग्यो। उसले भन्यो-” महादेव मैले मेरो हात जसको शिर माथी राख्छु, उ भस्म होस्। मलाई यो वरदान दिनुहोस्।” र, महादेवले ततास्थु भन्नुभयो।

भस्मासुरले वरदान पाउँदा बित्तिकै वरदान दिने शिवजिलाई भस्म गर्न शिवजिको पछि लाग्यो। शिवजी जसोतसो भागेर भगवान विष्णु कहाँ पुगे। र, उनले आफ्नो सबै कहानी सुनाए। त्यसपछि भगवान विष्णु भस्मासुरलाई भस्म गर्नको लागि मोहिनी रुप रचे।

भस्मासुर शिवजिलाई मार्नको लागि शिवजिको खोजिमा दौडिरहेको थियो। त्यत्तिकैमा मोहिनी उसको अगाडि प्रकट हुन्छिन। मोहिनिको रुपमा मन्त्रमुग्ध भएर भस्मासुर त्यही रोकिन्छ। र, मोहिनिलाई विवाहको प्रस्ताव राख्दछ। तर मोहिनिले जो युवक अब्बल दर्जाको नाच्न जान्द्छ, उसै सङ्ग मात्र विवाह गर्ने कुरा भस्मासुरलाई भन्छिन। भस्मासुर नाच्न जान्दैन थियो। उसले नाच सिकाउन मोहिनिको सहयोग माग्यो। र, मोहिनी पनि सिकाउन राजी भइन। नाच सिकाउदै जादा मोहिनिले आफ्नो हात आफ्नै टाउकामा राखिन । र ,भस्मासुरले पनि शिवजिको वरदान बिर्सिएर आफ्नो हात आफ्नै टाउकामा राख्यो, र भस्म भयो । यसरी भगवान विष्णुको सहयोगले शिवजिको ज्यान बचेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको कथा छ।

प्रकासित मिति २०७७–१–१६

फेसबुकबाट तपाईको प्रतिक्रिया