भाईरल बनेकी तरकारीवाली चलचित्र ‘लम्फू’मा

काठमाडौँ १४ कार्तिक

तरकारी बोकेका केही तस्बिरकै कारण एक बर्ष अघि एकाएक भाईरल बनेकी कुशुम श्रेष्ठ उर्फ तरकारीवालीलाई चलचित्रमा काम गराउन धेरै निर्माता तथा निर्देशनहरु असफल भएका थिए ।धेरै म्युजीक भिडियो तथा चलचित्रमा अफर आएपनि आफ्नो पढाईका कारण अहिले कुनै पनि म्युजीक भिडियो तथा चलचित्रमा काम गर्दिन भन्ने उत्तर सबै निर्माता तथा निर्देशकलाई दिँदै आएकी थिइन् । तर अहिले चलचित्र ‘लम्फु’ मा अभिनय गरेको खुलेको छ । चलचित्रलाई गोपालचन्द्र लामिछाने निर्देशन गरेका छन् ।

यसै बर्ष रिलीज हुने ‘लम्फू’मा उनले कस्तो भूमिकामा अभिनय गरेकी हुन् त्यो भने अहिले खुलाएकी छैनन् । ‘तपाईँहरु र दर्शकले हलमा गएपछि नै मेरो भूमिकाबारे प्रष्ट हुनुहुनेछ, म अहिले नै सबैकुरा खुलाउन चाहन्न’ कुशुमले भनिन् । यो चलचित्रको छायांकन अघिल्लो बर्ष नै भएको थियो तर पनि तरकारीवालीको अभिनयको बारेमा भने गोप्य राखिएको थियो । चलचित्र रिलीज हुने समय आएकोले आफुले आफ्नो अभिनय रहेको खुलाएको कुशुमले बताईन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया