भारतकी चर्चित गायिका लता मंगेशकरको स्थिती नाजुकः आइसीयूमा भर्ना
काठमाडौं २७ कात्तिक
भारतकी चर्चित गायिका ९० वर्षीया लता मंगेशकरको स्वास्थ्य दोस्रो दिन पछि नाजुक रहेको भारतीय संचारमाध्यमले जानकारी दिएका छ । उनी आइसीयूमा भर्ना छिन् ।
सोमबार दिउँसो सास फेर्न समस्या भएपछि उनलाई मुम्बइृको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । लताकी भतिजी रचनाले एक भारतीय संचार माध्यमको कुराकानीमा उनको स्थिती चिन्ताजनक भएको बताइन् । उनीमाथि औषधीले निकै ढिलो गरी काम गरिरहेको तर डाक्टरको उपचारबाट आफूहरु सन्तुष्ट भएको उनले बताएकी छिन् ।
सोमबार लता मंगेशकरकी बहिनी आशा भोसले पनि अस्पताल पुगेकी थिइन् । बलिउड सेलिब्रिटी पनि उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । लताले सेप्टेम्बरमा आफ्नो ९० औं जन्मदिन मनाएकी थिइन् । हिन्दी फिल्म जगतमा २५ हजार बढी गीत गाइसकेकी लताले नेपालीमा पनि थुप्रै गीत गाएकी छिन् । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया