भारतको शेयर बजार ऐतिहासिक रेकर्ड

एजेन्सी २०,माघ  २०७७।।

भारतीय शेयर बजारले ऐतिहासिक रेकर्ड कायम राखेको छ । सोमबार भारतको केन्द्रीय सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०२१/२२ को बजेटमा राहतको ठूलो प्याकेज र अन्य धेरै सुविधाहरु ल्याएका कारण मंगलबार पनि भारतीय शेयर बजारले नयाँ रकर्ड बनाउने गरि वढेको हो ।

मंगलबार बम्बइ स्टक एक्स्चेञ्जको सेन्सक्स एक हजार अंकले वृद्धि भएर ५० हजार अंकमा पुगेर बन्द भएको छ । कारोबारको क्रममा १२ सय अंकसम्म सेन्सक्स पुगेको थियो । त्यस्तै नेशनल स्टक एक्स्चेञ्ज निफ्टी पनि १४ हजार ५०० अंकमा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया