भारतबाट धमाधम लगानी फिर्ता गर्दै विदेशी लगानीकर्ता

नयाँ दिल्ली १३ कात्तिक २०८०।

विदेशी लगानीकर्ताहरूले पछिल्ला केही दिनमा भारतीय शेयर बजारबाट धमाधम लगानी फिर्ता लगिरहेका छन् ।गएको हप्ता लगानी बहिर्गमनको गति झनै तीव्र बनेको छ । इजरायल–हमास युद्धले अनिश्चय थपेको अनि अमेरिकामा उच्च ब्याजदरका कारण जोखिमयुक्त सम्पत्तिको माग घट्दा यसको असर भारतको शेयर बजारमा देखिएको हो ।
बिहीबार मात्रै विदेशी लगानीकर्ताहरूले ७६ करोड ८४ लाख अमेरिकी डलर बराबरको स्थानीय शेयर बेचेको ब्लुम्बर्गको डेटाले देखाएको छ । एक दिनमै यति ठूलो लगानी बाहिरिएको यो सन् २०२२ को जुनयता पहिलो पटक हो ।
अक्टोबर २६ सम्मको हप्ताभरिमा भने १ अर्ब २० करोड अमेरिकी डलर बराबरको लगानी फिर्ता गएको छ । शुक्रबारको डेटा आइसकेको छैन । यो साप्ताहिक आँकडा फेब्रुअरीको शुरुयताकै उच्च हो ।
यो महिनाको अहिलेसम्मको अवधिमा बेञ्चमार्क निफ्टी ५० परिसूचक ३ दशमलव ३ प्रतिशतले घटेको छ । एशिया प्रशान्त क्षेत्रको बृहतर एमएससीआई सूचक सो अविमा ३ दशमलव ८ प्रतिशतले घटेको छ ।

भूराजनीतिक तनाव अनि चालु आवको दोस्रो त्रैमासको मिश्रित तथ्यांकले लगानीकर्ताहरु भारतीय शेयर बजारप्रति विश्वस्त बन्न नसक्दा बजारमा सेल अफ देखिएको विश्लेषण गरिएको छ । Agency

फेसबुकबाट तपाईको प्रतिक्रिया