भारतमा बेचिएका २६ महिलाको उद्दार
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_279,h_180/https://businesspati.com/wp-content/uploads/2017/01/mahilaa.jpg)
काठमाडौं १७ पुस ।
भारतको विभिन्न ठाउँमा श्रम तथा यौन शोषणमा परेका २६ जना नेपाली महिलाको उद्दार गरिएको छ । श्रम तथा यौन शोषणमा परेको गोप्य सूचनाका आधारमा भारतीय प्रहरी र गैरसरकारी संस्थाको सहयोगमा माइती नेपाल नेपालगंजले उद्दार गरी उनीहरुलाई नेपाल फर्काएको हो । सन् २०१५ मा १६ जनाको उद्दार भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सन् २००२देखि २०१६ सम्म भारतलगायतका देशबाट श्रम तथा यौन शोषण्मा परेका एक सय ७६ जनाको उद्दार गरी नेपाल फर्काइएको माइती नेपाल नेपालगंजले जनाएको छ । उद्दार गरिएकामध्ये धेरैजसो भारतमा बेचिएकाहरु छन् ।
खोजतलासका लागि सन् २०१६मा निवेदन परेका सात सय ३१मध्ये एक सय १३ जना फेला परेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया