भारतमा बैंकको चेकसम्बन्धी व्यवस्था २०२१ देखि परिवर्तन हुँदै

एजेन्सी १२ असोज २०७७।

भारतीय रिजर्व बैंक (आरबीआई) ले बैंकमा घोटला रोक्न महत्वपूर्ण निर्णय गरेको छ । आरबीआईले जनवरी १ २०२१ देखि यसले चेकमा पोजेटिभ पे सिस्टम प्रणाली ल्याउनेछ ।

सकारात्मक भुक्तान प्रणाली अन्तर्गत ५०,००० भन्दा बढी भुक्तानी गरिएको चेकहरूको लागि महत्वपूर्ण विवरणहरू फेरि निश्चय गर्न आवश्यक छ । यस प्रणालीमा चेक जारीकर्ताले इलेक्ट्रोनिक माध्यम जस्तै चेकको बारेमा केही न्यूनतम विवरणहरू दिनु पर्नेहुन्छ । जस्तै एसएमएस, मोबाइल एप, इन्टरनेट बैंकिंग वा एटीएमबाट विवरण दिनु पर्ने व्यवस्था गरेको छ ।

यसमा मिति, लाभार्थीको नाम, प्रापक (पइे) र रकमको बारेमा जानकारी दिनुपर्नेछ । यी विवरणहरू भुक्तानीको लागि चेक भुक्तानीका लागि बैंकमा प्रस्तुत गर्नु अघि खातावालाको विवरणसँग मिलान गरिनेछ । यदि कुनै असमानता फेला पर्यो भने, जानकारी भुक्तान गर्ने बैंकमा पठाइने छ ।

आरबीआईका अनुसार यस सुविधाको उपयोग खातावालामा निर्भर गर्ने जनाएको छ । यद्यपि बैंकहरूले यस व्यवस्थालाई चेकको लागि ५ लाख रूपैयाँभन्दा माथिका लागि अनिवार्य गर्न सक्छन् । केन्द्रीय बैंकले भने यो प्रणाली जनवरी १ २०२१ देखि लागू हुनेछ।

बैंकहरूलाई एसएमएस मार्फत यसका बारे ग्राहकहरूलाई सचेत गराउन भनिएको छ । यसका साथै, बैंकहरूले उनीहरूको शाखा, एटीएमका साथै वेबसाइट र इन्टरनेट बैंकिंग मार्फत जानकारी दिन भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया