भारतमा सात दिनमा २ अर्ब एफपीआई लगानी
नयाँ दिल्ली (भारत)२९ जेठ ।
भारतको पूँजी बजारमा विगत ७ दिनको कारोबारमा विदेशी पोर्टफोलियो लगानीकर्ताहरूले करीब २ अर्ब डलर लगानी गरेका छन् । विभिन्न वस्तुको जीएस्टी कर निर्धारण भएको र मनसुन सामान्य रहने प्रक्षेपणले लगानी बढाइएको हो । पछिल्लो डिपोजिटरी तथ्याङ्कअनुसार जुन १ देखि ९ सम्मको अवधिमा एफपीआईहरूले शेयर बजारमा २ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेका छन् । सोही अवधिमा कर्जा बजारमा भने १ खर्ब १७ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ । योसँगै सो अवधिमा पूँजी बजारमा कुल १ खर्ब १४ अर्ब ४५ करोड रुपैयाँ (१ अर्ब ७७ करोड डलर) लगानी भएको छ । यसअघि विगत ४ महीना (फेबु्रअरी–मे) अवधिमा भने भारतमा खूद १३ खर्ब ३० अर्ब रुपैयाँ लगानी आप्रवाह भएको तथ्याङ्क छ । ‘सरकारद्वारा जीएस्टी दरको निर्धारण र यो भनिएको समयमै लागू हुने अपेक्षासँगै मनसुन सामान्य रहने प्रक्षेपणले पनि सकारात्मक मनोबल ल्याएको छ,’ मर्निङस्टार इण्डियाका वरिष्ठ अनुसन्धान विश्लेषक हिमांसु श्रीवास्तवले भने । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया