भारतमा सुरु भयो विश्वकै बृहद् खोप अभियान

काठमाडौं ३,माघ  २०७७

भारतमा विश्वकै सबैभन्दा ठूलो खोप लगाउने कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन्् । लद्दाखमा तैनाथ भारत–तिब्बत सीमा पुलिस (आईटिबीपी) अन्तर्गतका झन्डै २० स्वास्थकर्मीहरुलाई शनिबार कोरोनाको खोप लगाइयो ।

खोप अभियान सुरु भएको घोषणा गर्दै गर्दा मोदी निकै भावूक देखिएका थिए । भिडियो कन्फ्रेसिङमार्फत जनतालाई सम्बोधन गर्दै मोदीले कोरोनाविरुद्धको लडाई अवश्य जित्ने बताए । सुरुदेखि नै आत्मविश्वास र आत्मनिर्भर भएर भारतले लडाँइ लडिरहेको उनले बताए । =

खोप अभियान सुरु भएपछि केन्द्रीय स्वास्थ मन्त्री हर्षवद्र्धनले आफु निकै खुसी रहेको बताए ।
भारतमा पहिलो चरणमा तीन करोड स्वास्थकर्मीहरुलाई कोरोनाको खोप लगाइदैंछ । यति ठूलो संख्यामा एकैपटक खोप अभियान चलेकाले यसलाई विश्वकै ठूलो खोप अभियान गरिएको हो । अक्सफोर्ड–एस्ट्रेजेनेकाद्धारा विकसित तथा सेरम इन्स्टिच्युटद्धारा उत्पादीत कोविसिल्ड र भारत बायोटेकेको को–भ्याक्सिनले भारतमा आपतकालिन प्रयोगको अनुमति पाएका छन् ।

भारतमा कुल १ करोड ५४ लाखभन्दा धेरैमा कोरोनाको संक्रमण देखिइसकेको छ । पछिल्लो रिपोर्टअनुसार यसमध्ये १ करोड १ लाख ७९ हजार ७ सय १५ जना निको भइसकेका छन् । १ लाख ५२ हजार १ सय ३० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । Agency

फेसबुकबाट तपाईको प्रतिक्रिया