भारतलाई पारा ओलम्पिकमा किर्तिमानी दोस्रो स्वर्ण

रियो, भदौ २९ (एजेन्सी)
रियो पारा ओलम्पिकमा भारतीय खेलाडी देवेन्द्र झान्झरियाले ज्याव्लिङ थ्रोमा नयाँ विश्वरेकर्डसहित स्वर्ण पदक जितेका छन्।
यो सँगै प्रतियोगितामा भारतले २ स्वर्ण, १ रजत र १ काँस्यसहित ४ पदक हात पारेको छ।
भारतका लागि लगातार ओलम्पिकमा स्वर्ण जित्ने खेलाडी बनेका उनले सन् २००४ मा एथेन्स ओलम्पिकमा पनि स्वर्ण जितेका थिए।
देवेन्द्रले एथेन्स ओलम्पिकको आफ्नो रेकर्ड (६३.९७) मिटर सुधार्दै ६२.१५ मिटर थ्रो गर्दै नयाँ विश्व किर्तिमान बनाएको हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया