भारतले एकतर्फी रूपमा आईसीपी सञ्चालनमा ल्यायो

काठमाडौँ १ मङ्सिर

पूर्वको जोगबनी नाकामा भारतले एकतर्फी रुपमा एकीकृत भन्सार बिन्दु (आईसीपी) सञ्चालनमा ल्याएको छ ।

नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनसहितको संरचना मंगलबार उद्घाटन गरिएको हो।  प्रतिछाँयाका रुपमा नेपालमार्फतसमेत निर्माण गरी एकै पटक सञ्चालनमा ल्याइनुपर्ने नेपाल भारत सरकारबीच सहमति भए पनि नेपाली पक्षकै कमजोरीका कारण नेपालतर्फ भने काम नै अघि बढ्न सकेको छैन । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका छौ।

भारतमा मात्र आईसीपी सञ्चालनमा आउँदा विराटनगरको बुधनगरमा भवनलगायत भौतिक पूर्वाधार निर्माणको काम नै अघि बढेको छैन।

भारततर्फ निर्मित भन्सार बिन्दुमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयर हाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सिसीटिभी, पाकर्किङ, रेष्टुरेन्ट, बैंकलगायत अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ । इलेक्ट्रिक सवस्टेसन, व्रे ब्रिजलगायतको सुविधा पनि छन् ।

भारतका भन्सार विभाग पटनाका आयुक्त भीसी गुप्ता, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडा र एसएसबी बथनाहाका प्मरुख मुकेश गौतमले संयुक्त रूपमा भन्सार बिन्दुको उद्घाटन गरे।

नेपाल तथा भारतको दुई पक्षीय हितका लागि र्आसीपीले ठूलो महत्व राख्ने गुप्ताले भने,‘नेपाल तर्फ बाँकी रहेको काम पनि चाँडै पुरा हुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया