भारतले भन्यो,‘सरकार परिवर्तन नेपालको आन्तरिक मामिला’
काठमाडौं–१४ श्रावण
नेपालमा हुन लागेको सरकार परिवर्तनलाई आन्तरिक मामिला भन्दै भारतले यसमा कुनै प्रतिक्रिया नजनाउने बताएको छ ।
यसअघि चीनले पनि सरकार परिवर्तन नितान्त आन्तरिक मामिला भनेको थियो । भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने,‘नेपालको पछिल्लो राजनीतिक विकासलाई हामीले नितान्त अन्तारिक मामिलाका रुपमा लिएका छौं । त्यसैले यस विषयमा टिप्पणी गर्दिनँ ।’
नेपालमा बाढी र पहिरोका कारण मानिसको मृत्यु भएकोप्रति भारतले दुःख व्यक्त गरेको छ । दुई देशको सीमा नजिकै बाढी आइरहेका कारण आफूहरुलाई पनि समस्या आइपरेको प्रवक्ता स्वरुपले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया