भारतले विराटनगरको फिल्ड कार्यालय हटाउन मानेन

काठमाडौँ ४ जेस्ठ-
कोसी कटानको समयमा ०६५ मा  तत्काल उद्योग व्यापारमा सहजीकरण गरी आवश्यक सुविधा पुर्‍याउन पूर्वका उद्योगी व्यापारीको आग्रहमा विराटनगरमा भारतीय दूतावासको फिल्ड कार्यालय स्थापना गरिएको थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ।
 तर, त्यो प्रयोजन सकिएपछि पनि भारतले सो कार्यालय हटाउन मानेकाे छैन ।  फिल्ड कार्यालय हटाउन नेपाल सरकारले पाँच वर्षअघि नै दूतावासलाई परिपत्र गरेको थियो ।
परराष्ट्र मन्त्रालयले गरेको परिपत्रलाई वेवास्ता गर्दै भारतले नियमविपरीत विर्वाध रुपमा फिल्ड कार्यालय सञ्चालन गरिरहेको छ ।
 कोशी कटानकोे बेला फिल्ड कार्यालय स्थापना गरिएपनि हाल सो समस्या समाधान भइसकेको छ । फिल्ड कार्यालयले के के काम गर्छ र कति कर्मचारी छन् भन्ने विषयमा कुनै जानकारी गराइएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया